ओलीको बोल्र्ड निर्णयले देउवालाई छटपटी
काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलिय बैठकमा नेकपा एमाले सहभागी नहुने भएको छ ।
प्रमुख विपक्षी दल नेकपा (एमाले) प्रधानमन्त्री देउवाले बोलाएको सर्वदलीय बैठकमा नजाने भएको हो । उसलेबैठक बहिष्कार गर्ने निर्णय गरेको छ ।
संसदको गतिरोध अत्यबारे छलफल गर्न भन्दै प्रधानमन्त्रीले देउवाले आज बिहीबार बिहान १० बजेका लागि बालुवाटारमा सर्वदलीय बैठक बोलाएका थिए ।
आफूहरु यो बैठकमा नजाने निर्णय भएको एमाले संसदीय दलका प्रमुख सचेत विशाल भट्टराईले बताए ।
वर्तमान सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएर आफ्नो पार्टी फुटाएको, संसद छलेर अध्यादेश फिर्ता लिएकोलगायतका विषयमा एमालेको असमति रहेकोले बैठकमा नजाने उनले बताए ।
बिहीबारको सर्वदलीय बैठकमा नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी, नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई निमन्त्रणा गरिएको बालुवाटार स्रोतले बतायो ।
आफूहरुले कारवाही गरेका माधव कुमार नेपाल बैठकमा सहभागी भएको भन्दै एमालेले सभामुखद्वारा बोलाइएको सर्वदलीय बैठक पनि बहिस्कार गरेको थियो ।
साथै आफूहरुले सभामुखको निर्णयमा आपत्ति जनाएर संसद अवरुद्ध गरेको हुनाले सभामुखको निम्तो अस्वीकार गरिएको एमाले नेताहरुले बताएका थिए ।