प्रचण्ड बोल्दा–बोल्दै झ्याप्पै बत्ति गयो , त्यसपछि के भयो ?
काठमान्डौं– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अखिल क्रान्तिकारीको २२औं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै थिए । सम्मेलनको सम्बोधन गरिरहँदा हलभित्र अचानक वत्ती गयो । बत्ती गएपछि उनी अतालिए ।
सम्मेलनस्थलमा अन्धकार भयो । वत्ती गएपछि प्रचण्ड हतार हतार ड्यास छाडेर सोफामा बस्न पुगे । एकपछि होहल्ला भयो । प्रचण्ड वत्ती आउँदा बसिरहेको देखिए ।
त्यसपछि उनी पुनः बोल्न थाले । पछिल्ला दिनमा काठमाडौंलगायतका शहरहरुमा वत्ती बेला बेलामा जान थालेको छ । केही स्थानमा लामै समय वत्ती जान थालेको छ ।
प्रचण्डले पार्टीका नेताहरुको क्रान्तिकारी चरित्र स्खलित हुँदै गएको बताएका छन्। अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनलाई बिहीबार काठमाडौंमा सम्बोधनका क्रममा प्रचण्डले यस्तो भनेका हुन्। ’हामीले जनताको भावनाको प्रतिनिधित्व गर्दै मौलिक क्रान्ति ग¥यौँ।
तर अहिले हाम्रो क्रान्तिकारी चरित्रमा ह्रास आएको छ’, उनले भने, ’हाम्रो क्रान्तिकारी कार्यशैलीमा स्खलन भएको छ। हामी विस्तारै विस्तारै जनयुद्ध र जनआन्दोलनलाई भुल्दैछौँ।’
उनले हिजो प्रतिगामीहरुले आन्दोलनकारीलाई दबाउन खोज्ने जस्तै अहिले माओवादी नेता कार्यकर्ता पद र पैसाको लोभमा फस्दै गएको बताए। ’हामी अहिले पद, पैसा, कमिसनको लोभमा फसेका छौँ,’
उनले भने, ’दलाल पुँजीपतिहरुसँग बढी नजिक हुने भएका छौँ। हिजो जनयुद्धका कुरा त विस्मृतिमा पो पुगे। आज जो जति माथि पुगे, त्यति नै बडो अवसरवादी निस्किए। जो मन्त्री भयो त्यो पतन भएर गयो।’
उनले माओवादीमा उच्च पदमा पुग्नेहरु दलाल बनेको पनि दाबी गरे। ’जो जति माथि आयो त्यो दलालसँग लाग्यो। हामी पनि उनै मान्छे छौँ’, उनले भने, ’म जनयुद्धको पनि कमाण्डर, शान्ति प्रक्रियाको नेता हो। तर म पनि हेर्दा हेर्दै बिग्रिए जस्तो लाग्दैछ।’
दाहालले हिजो जनयुद्धमा लडाइँका क्रममा मर्न तयार भएर अग्रसर हुनेहरु आज पदको लोभमा फसेको बताए। ’हिजो मलाई मोर्चा मर्न पठाउनु, मर्न तयार छु भनेर रोज्नेहरु, लड्न जान पाइएन,
मर्न जान पाइएन भन्ने हामी आज बिग्रियौँ’, उनले भने, ’ अहिले पद पाइएन, पैसा पाइएन भनेर रुने भयौँ। मन्त्री पाइएन भने। रुने भयौँ। हामीले थाहै नपाई सहिद परिवारलाई भुल्यौँ, जनयुद्ध बिर्सियौँ।’
ृ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन्