एमाले विधान महाधिवेशनमा ५३२ माओवादी एमालेमा प्रबेश (नामावलीसहित)
असोज – नेकपा एमालेको प्रथम विधान महाधिवेशनमा नेकपा माओवादी केन्द्रका तर्फबाट ५३२ जना सहभागी भएका छन ।
देशभरबाट ६ हजार ३४७ प्रतिनिधि सहभागी हुँदा माओवादीबाट एमालेमा आएका ५३२ जना सहभागी भएका हुन् । प्रतिनिधिहरु केन्द्रीय कमिटीसहित विभिन्न १२ वटा क्षेत्रबाट चयन भएर आएका हुन् ।
यसरी आएका प्रतिनिधिमध्ये नेकपा माओवादी केन्द्र छाडेर एमाले भएकामध्येबाट ५३२ जना छन् ।
उनीहरुमध्ये रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, गौरीसंकर चौधरी, दावा लामा लगायत १९ जना माओवादीका पूर्व केन्द्रीय सदस्य छन भने अरु विभिन्न जिल्ला तथा क्षेत्रबाट आएका प्रतिनिधि छन् ।
१९६ जना केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यहरू सहभागी हुँदा केन्द्रीय आयोग तथा परिषद्बाट २१३ जनाले सहभागिता जनाएका छन् ।
त्यस्तै, पार्टीका विभिन्न विभागबाट ३१० जना र जनसंगठनबाट २२० जना सहभागी भएका छन् भने प्रदेश कमिटीहरूबाट दुई हजार २७१ प्रतिनिधि सहभागी छन् ।
एमालेको उपत्यका विशेष कमिटीबाट प्रतिनिधित्व गर्दै १५८ जना सहभागी हुँदा विभिन्न सम्पर्क समन्वय कमिटीबाट ३६० जनाले सहभागिता जनाएका छन् ।
यस्तै ७७ जिल्ला कमिटीका पदाधिकारीहरू ३६४ जना प्रतिनिधि हुँदा १६५ निर्वाचन क्षेत्रबाट ४०७ जना महाधिवेशन प्रतिनिधि बनेका छन् ।
प्रवास कमिटीबाट १२६ जना सहभागी भएको विधान महाधिवेशनमा केन्द्रीय कमिटीले मनोनयन गरेका ५६६ जना प्रतिनिधि सहभागी छन् ।
७५३ स्थानीय तहका प्रमुख–उपप्रमुख र अध्यक्ष–उपाध्यक्ष तथा प्रदेश र संघका निर्वाचित ९३४ जनप्रतिनिधिहरू महाधिवेशन प्रतिनिधि बनेका छन् ।