टिचिङ हस्पिटलबाट आयो माधव नेपालबारे नयाँ समाचार, कार्यकर्ता निरास
काठमाडौ – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल अस्पताल भर्ना आज तीन दिन भएको छ ।
स्वास्थ्यमा समस्या आएपछि त्रि.वि शिक्षण अस्पताल भर्ना भएका नेपालको स्वास्थ्य अवस्था स्थीर छ । उनी अतिकति बोल्न सक्ने अवस्थामा पुगेको अस्पतालले जनाएको छ ।
बुधवार साँझ अस्पताल भर्ना भएका नेपालको स्वास्थ्यमा अलिकति मात्र सुधार आएको छ ।
अध्यक्ष नेपाललाई ज्वरो र खोकीको समस्या देखिएपछि महाराजगञ्जस्थित त्रिवि, शिक्षण अस्पतालमा बुधबार भर्ना गरी उपचारका क्रममा रहेका छन् ।
अध्यक्ष नेपाल स्वास्थ्यमा सुधार आएपछि सामान्य कुरा गर्न थालेका छन् ।
नेकपा (एकीकृत समाजवादी) का नेता जीवनराम श्रेष्ठले अध्यक्ष नेपालको स्वास्थ्यमा क्रमिक सुधार आएको जानकारी दिए ।
अध्यक्ष नेपाललाई केही दिनमै अस्पतालबाट डिस्चार्ज गरिने उपचारमा संलग्न चिकित्सकले जानकारी दिएका छन् ।
वरिष्ठ छाती रोग विशेषज्ञ डा. सन्तकुमार दाससहितको टोली पूर्वप्रधानमन्त्री नेपालको उपचारमा संलग्न छ ।