अस्पतालबाट डिस्चार्ज भए माधव नेपाल, प्रचण्डको सातो खानेगरी दिए कडा अभिव्यक्ति

सोमबार, १८ असोज २०७८

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल अस्पतालबाट डिस्चार्ज भएका छन् । नेपालको निजी सचिवालयका अनुसार उनी आज अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

नेपाललाई ज्वरो र खोकीले सताएपछि बुधबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका थिए। उनको स्वास्थ्य अवस्था सामान्य रहेको र केही दिन आरामसहित उपचार गर्नुपर्ने चिकित्सकले सल्लाह दिएका छन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालको उपचारमा त्रिवि शिक्षण अस्पतालका वरिष्ठ छाती रोग विशेषज्ञ डा. सन्तकुमार दाससहितको टोली संलग्न रहेको थियो।

अस्पतालबाट डिस्चार्ज हुनेवित्तकै अध्यक्ष नेपालले माओवादी अध्यक्ष प्रचण्डको सातो लिएका छन् । मन्त्रालय बाँडफाँडमा सहमति भइसके पनि फेरी प्रचण्डले बखेडा झिकेपछि माधव नेपाल आगो भएका हुन् । उनले गठबन्धनबाट आफू बाहिरिने चेतावनी दिएका छन् ।

मन्त्रालय र मन्त्रीको भागबन्डा शक्तिका आधारमा गर्नपर्ने भन्दै प्रचण्डले अडान लिएपछि गठबन्धनमा लफडा भएको छ । मन्त्रीपरिषद विस्तारमा पनि रोकिएको छ ।

सरकारलाई पूर्णता दिने विषयमा गृहकार्य गर्न कांग्रेस नेता एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको संयोजनमा आइतबार दुई पटक बैठक बस्दा पनि सहमति जुट्न सकेन ।

सत्ता गठबन्धनमा कार्यदलको संयोजन गर्दै आएका कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का कोभिड संक्रमित भई अस्पताल भर्ना भएपछि प्रधानमन्त्रीले कार्कीलाई संयोजनको जिम्मा दिएका छन् । एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेका अनुसार कांग्रेस र माओवादी केन्द्रले सांसद संख्याका आधारमा मन्त्रालय र मन्त्री भागबन्डा गर्नुपर्ने बताएका छन् ।

एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले भने समानताका आधारमा भागबन्डा गर्नुपर्नेमा जोड दिएका थिए ।

‘यो सरकार चारवटै शक्ति मिलेर बनेको हो, सबैको योगदान उत्तिकै छ, त्यसैले समानताको सिद्धान्तअनुसार अघि बढ्नुपर्छ भन्यौं,’ पाण्डेले भने, ‘उहाँहरू ९कांग्रेस–माओवादी० ले भने संख्याका आधारमा मापदण्ड बनाउनुपर्छ भन्नुभयो, त्यसैमा कुरा नमिलेपछि फेरि छलफल गर्ने गरी बैठकबाट उठ्यौं ।’