फेरी चर्चामा पूर्वयुवराज पारस शाह, प्रहरीले लियो एक्सन
काठमाडौँ – पूर्वयुवराज पारस शाह फेरी चर्चामा आएका छन् । उनको निजी निवास चोरी भएपछि उनी चर्चामा आएका हुन् ।
उनको पोखरास्थित निवासमा चोरी भएको हो । चोरीपछि प्रहरीले चोरमाथि एक्सन लिएको छ ।
लेकासाइडस्थित बुलउँदीमा शाहले भाडामा लिएको घरबाट सामान चोरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
चोरी आरोपमा काठमाडौंको मित्रनगरबाट शिव गौतमलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले बताए । पक्राउ गरिएका गौतम शाहको निवासका कामदार हुन् ।
शाहको निवासबाट क्यामरा, २ थान आइप्याड, २ थान दुरविन र नोकिया सेट चोरी भएको बताइएको छ । गौतमले पोखराबाट सामान चोरेर काठमाडौं ल्याएको खुलेको छ ।
काठमाडौं महानगरपालिका–२६ मित्रनगर स्थित न्यू राप्ती गेस्टहाउसबाट महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले उनलाई पक्रेर अनुसन्धान गरिरहेको छ ।
चोरेको सामान गौतमले पूर्वयुवराजलाई फिर्ता गरेको एसपी बस्नेतले बताए । आरोपीलाई महानगरीय प्रहरी वृत महाराजगञ्जमा राखिएको छ ।