को हुन् पारशसँग हिँड्ने नयाँ युवती ? खुल्यो रहस्य
काठमाडौ – पूर्वयुवराज पारश शाहको चक्कर नयाँ युवतीसँग चलेको खुलासा भएको छ । मध्यरातमा हार्ले डेभिडसन बाईकमा एक युवतिसँग पारश देखिएपछि खुलासा भएको हो ।
पारशको जस्तै कालो छालाको पाईन्ट र ज्याकेटमा देखिएकि ती युवति गायीका रहेको खुलासा भएको छ ।
काठमाडौँको ठमेलमा मास्क लगाएर पारशको बाईकमा देखिएकि ती युवति डिजे रहेको प्रतिक्रियाहरु आइरहेको छ । सो भिडियोले अहिले सामाजिक संजाल भाइरल भएको छ ।
कुनै समय राजाका छोरा पारश अहिले सधैँजसो कालो कपडामा देखिन्छन् । सोहि कपडामा युवति पनि देखिएपछि सामाजिक संजाल प्रयोगकर्ताले खिसिट्युरी गरिरहेका छन् ।
ती युवतिको एक भिडियोले अहिले राम्रो स्थान पाइरहेको छ । विष्णु माझीले गाएको ‘चरि जेलैमा’ बोलको गितमा ती युवतिले संगित दिएकि छिन् । काठमाडौँको एक क्लबमा ती युवति डिजेका रुपमा काम गर्ने गरेको भिडियोमा देख्न सकिन्छ ।
युवराज पारशको सधैँ चर्चा हुने गर्दछ । उनलाई मनपराउने जमात ठूलो छ । त्यसैले पनि होला केहि दिनअघि काठमाडौँमै हेल्मेट नलगाई हिँड्दा प्रहरीले रोकेपछि युवाहरुले प्रहरीबाट उनलाई छुटाएका थिए ।
उक्त घटनाले पनि नेपाली संचारमाध्यममा राम्रै स्थान पाएको थियो । सोहि घटना भएको केहि समयपछि कमेडि च्याम्पियनमा भरतमणिले पारशको क्यारिकेचर गरेका थिए । पारशको क्यारिकेचरपछि भरतमणिलाई भोट गर्नेको संख्या ठूलो थियो । नभन्दै, पारशको क्यारीकेचर गरेपछि भरतमणिले उपाधि जितेका थिए ।
युवतिसँग पारशको संगतः एक वर्षयता पारशको नाम धेरै युवतिहरुसँग जोडियो । सोनिका रोकायासँगको निकटताले त झनैँ मिडियामा चर्चा बटुलेको थियो । उनीहरु दुवैजना कहिले मुस्ताङ पुग्थे त कहिले हेलिकोप्टरमा शेयर गरेको भिडियोहरु सोनिकाले सार्वजनिक गर्थिन् ।
जन्मदिनमा पारशले सोनिकालाई दिएको बहुमुल्य उपहरले पनि राम्रै चर्चा पाएको थियो । पारश सधैँ जसो कोहि न कोहि युवतिसँग निकट भएको समाचारहरु बाहिरिने गर्दछ । आखिर किन पारश श्रीमति हुदाहुदैँ अन्य युवतिसँग नजिक हुन रुचाउँछन् भन्ने प्रश्नहरु पनि आउने गर्दछ ।
शुक्रबार युवराज्ञी हिमानी शाहको जन्मदिनमा बलिउडको चर्चित नायिका मनिषा कोइरालादेखि अन्य चर्चित व्यक्तित्वले हिमानीलाई जन्मदिनको शुभकामना दिए ।
तर, पारशले भने सामाजिक संजालमा हिमानीलाई जन्मदिनको शुभकामना दिएनन् । फेसबुकमा निकै सक्रिय देखिने पारशले हिमानीको जन्मदिनमा शुभकामना नदिएपछि धेरैले नराम्रो मानेका थिए ।
सोनिकाको जन्मदिनमा बहुमुल्य उपहार दिने तर आफ्नै श्रीमतिको जन्मदिनमा मौन रहेको भन्दै नकारात्मक प्रतिक्रियाहरु पनि आएको थियो ।