फेरी तोडियो हिजोको सहमति, यी हुन् नेकपा एसले पाउने मन्त्रालय

बिहिबार, २१ असोज २०७८

काठमाडौं – हिजो (बुधबार) भएको सहमति तोडिएको छ । नेकपा एकीकृत समाजवादीले मन्त्रालय बाँडफाँडमा असहमति जनाएपछि आज सत्तारुढ ठबन्धनको बैठक बसेको थियो ।

सो बैठकले नयाँ सहमति गरेको नेकपा एकीकृत समाजवादीका प्रबत्ता जगन्नाथ खतिवडाले बताए । उनका अनुसार केन्द्रमा ४ मन्त्रालय र दुई प्रदेशमा मुख्यमन्त्री पाउने गरी सहमति भएको हो ।

नेकपा एसले रक्षा मन्त्रालयको सट्टामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालउ पाउने भएको छ ।

स्थायी कमिटी बैठकपछि पत्रकारसँग कुरा गर्दै नेकपा एसका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले सो जानकारी दिएका हुन् ।

यसअघि पाँच मन्त्रालय र एक राज्यमन्त्री दावी गरेको सो पार्टीले दुई मुख्मन्त्री पाउने भएको छ । संघीय सरकारमा नेकपा एसले स्वास्थ्य तथा जनसंख्यासहित ४ मन्त्रालयले पाएको छ ।

स्वास्थ्य तथा जनसंख्या, श्रम तथा रोजगार, संस्कृति पर्यटन तथा नागरिक उड्डयन र सहरी विकास मन्त्रालय पाउने भएको छ ।

त्यस्तै, प्रदेश १ र बागमति प्रदेशको मुख्यमन्त्री पनि पाउने सहमति भएको छ । प्रदेश १ मा राजेन्द्र राई र बागमति प्रदेशमा राजेन्द्र पाण्डे नेकपा एसको तर्फकबाट मुख्यमन्त्री बन्ने छन् ।

एकीकृत समाजवादी पार्टीले दुई राजेन्द्रलाई सम्बन्धित प्रदेशसभाको संसदीय दलको नेता चयन गरिसकेको छ । प्रदेशमा संसदीय दलको नेता नै मुख्यमन्त्री बन्न पाउने व्यवस्था रहिआएको छ ।

संघिय सरकारमा विरोध खतिवडाको नेतृत्वमा मेटमणी चौधरी, प्रेम आले, जीवराम श्रेष्ठ मन्त्री बन्नेछन् भने किसन श्रेष्ठ रान्यमन्त्री बन्ने छन् ।