जसपाले पनि लगायो मन्त्रीको टुङ्गो
काठमाडौं – जनता समाजवादी पार्टी (जसपा)ले पनि मन्त्रीको टुङ्गो लगाएको छ । जसपाले मन्त्री छनोटको मापदण्ड बनाएर मन्त्रीको नाम फाइनल गरेको हो ।
मापदण्ड अनुसार अध्यक्ष उपेन्द्र यादवले मन्त्रीहरुको नाम प्रधानमन्त्री शेरबहादुर देउवा बुझाउने छन् । जसपा स्रोतका अनुसार प्रदेश २ बाट महेन्द्र राय यादव मन्त्री हुनेछन् ।
प्रदेश नम्बर २ बाहिरबाट राजेन्द्र श्रेष्ठ मन्त्री हुने सम्भावना प्रबल छ । उनको ठाउँमा महम्मत इस्तियाक राईले पनि दावि गरिरहेका छन् ।
महिलाबाट रेणु यादव वा अमृता अग्रहरी भनिएको छ । तर यादवले रेणुको नाम सिफारिस गर्ने बताइएको छ ।
पार्टी र सरकारलाई जोड्ने भूमिका खेल्ने गरी रामसहाय यादवलाई पठाउने तयारी छ । उनी अध्यक्ष यादवका विश्वास पात्र समेत हुन् ।
जसपाले चार वटा मन्त्रालय पाएको छ ।
जसपाले भौतिक पूर्वाधार तथा यातायात, संघीय मामिला तथा सामान्य प्रशासन, वन तथा वातावरण र कृषि तथा पशुपक्षी मन्त्रालय पाएको छ ।