माधव नेपाललाई झट्का, नेकपा एसका सचिव एमालेमा प्रबेश

शनिबार, २३ असोज २०७८

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का सचिव नेकपा एमालेमा प्रबेश गरेका छन् । आफ्नो सहमति विनै सचिव बनाएको भन्दै एक नेताले एमालेमै रहेको बताएका हुन् ।

कालिकोट जिल्लाको रास्कोट नगरपालिका वडा नम्बर ९ स्थित नेकपा एसका सचिव प्रेम बोगटीले आफू नेकपामा एमालेमै रहेको बताएका हुन् । सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै बोगटीले आफ्नो सहमति बेगर आफूलाई सचिव बनाएको भन्दै त्यसमा आफ्नो सहमति नरहेको बताए ।

उनले फेसबुकमा भनेका छन्, ‘हिजो रास्कोट नपा वडा न. ९ को नेकपा एकीकृत समाजवादीको वडा कमिटी गठनमा मेरो नाम सचिवमा राखिएको अपुष्ट समाचार प्रति मेरो असहमति रहेको कुरा जानकारी गराउछु ।’

स्टाटसमा अगाडि लेखेका छन् , ‘मेरो सहमति बेगरको निर्णय मान्ने हुदैन । म हिजोदेखि नेकपा एमाले पार्टीको सदस्य थिए । र अहिले पनि रहिरहेको जानकारी गराउन चाहान्छु ।’

उनले यस्ता खालमा भ्रममा नपर्न सबैलाई आग्रह पनि गरेका छन् । ‘यस्ता तथ्य विहिन समाचारका पछि नलाग्न अनुरोध छ ।’ उनले भनेका छन्, ‘म पार्टी पुटको विपक्षमा लाग्ने कुरा अवगत गराउदै सबैलाई यसमा लाग्न अपिल गर्दछु ।’

नेकपा एमालेबाट वडाध्यक्ष जितेका डबल बोगटी नेकपा एसमा लागेपछि मन लाग्दी मान्छेलाई पार्टीमा भर्ति गरेर नौटङ्की गरिरहेका छन् । त्यसकै परिणाम सचिव बनाएका व्यक्ति एमाले प्रबेश गर्नुपरेको हो ।

वडाध्यक्ष भएपछि बजारमै बस्ने, बजारबाट बडा कार्यालय चलाउने, विभिन्न विकास आयोजनाबाट ५ देखि १० प्रतिशत अनिवार्य कमिसन लिने लगायतका कारणले वडा नम्बर ९ जना वडाध्यक्ष बोगटी बदनाम छन् ।

मोटिभेट न्यूजलाई प्राप्त सूचना अनुसार वडा नम्बर ९ मा सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तिको नाम अद्यावदी नगरेको, गलत मानिसको बैंक खाता खोली समाजिक सुरक्षा भत्ता दुरुपयोग गरेको लगायतका ओरोप लागेका छन् ।

वडाअध्यक्ष बिहिन वडा कार्यालय भएको भन्दै जनताले धेरै गुनासो गरेका छन् । बजारमा बसेर सेटिङ मिलाउने र कमिसनको चलखेल गरेका कारण स्थानीय जनता आक्रोशित भएका छन् ।