दुई मन्त्रीको स्टेजमै पर्यो लपडा, देख्नेजती लाजले भुतुक्क
तनहुँ – माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीबाट मन्त्री बनेको दुई नेताले स्टेजमै लफडा गरेका छन् ।
सहरी विकास मन्त्री बनेकी नेकपा एसकी सचिव रामकुमारी झाँक्री र नेता किशान श्रेष्ठबीच एउटै मञ्चमा लफडा भएको हो । मन्त्रालयको काम छोडेर तनहुँ पुगेका दुवै जनाले एक अर्काबीच जुहारी खेलेका हुन् ।
मन्त्री बनेपछि ब्रिफिङ लिनुको साटो पार्टी सचिवसमेत रहेकी सहरी विकासमन्त्री झाँक्रीलाई लिएर गृहजिल्ला तनहुँ पुगेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री किसान श्रेष्ठबीच जुहारी चलेको हो ।
श्रेष्ठ मन्त्री बनेको उत्सव मनाउन काठमाडौंबाटै तीन दर्जन युवाहरु लिएर आइतबार झाँक्रीसहित गृहजिल्ला आउनु भएको थियो ।
गत निर्वाचनमा एमालेको सुर्य चिन्हमा मतदान गरेका कुनै पनि कार्यकर्ता उपस्थित नभएपछि एकसय जनाबीच उत्सव मनाउनु भएका श्रेष्ठलाई कार्यक्रममा झाँक्रीले नमज्जाले भनेकी छन् ।
कार्यक्रममा आफ्नै पार्टीका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री किसान श्रेष्ठले तनहुँमा विकासको लहर ल्याउने बताएका थिए ।
श्रेष्ठसँग असहमति जनाउँदै उनले भेनिनन्, ‘तनहुँले मन्त्री पायो विकास यहीँ मात्र दौड्ने, हुम्लाले के गर्ने ? गुल्मीले मन्त्री पायो विकास त्यहाँ हुने, पर्वतले के गर्ने ?’
भाषणका क्रममा उनले भनिन्, ‘म सामाजिक न्यायको कुरा गर्छु । जहिलेदेखि राजनीतिलाई बदल्नुपर्छ भन्ने बुझे त्यहीँ बेलादेखि म न्यायोचित वितरण प्रणालीको पक्षमा छु ।’
यसअघि बोल्ने क्रममा मन्त्री श्रेष्ठले तनहुँमा विकासको लागि आफू केन्द्रीत हुने घोषणा गरेका थिए । उनको घोषणाबाट झाँक्री निकै चिढिएको संबोधनको क्रममा देखिएको थियो ।