पर्यटन मन्त्रालयमा प्रेम आलेले गरे कमाल, विरोधीहरुले पनि गर्न थाले प्रसंसा

सोमबार, २५ असोज २०७८

काठमाडौं – नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेमबहादुर आलेले कमाले गरेका छन् । मन्त्री भएको दुई दिनमा नै ४ महिना अघिदेखि चल्दै आएको आन्दोलन तुहाएका छन् ।

विभिन्न माग राखेर नेपाल वायू सेवा निगमका कर्मचारीहरुले करिब चार महिनादेखि जारी राखेको आन्दोलन आजबाट टुंगिएको छ । नवनियुक्त आलेले सपथ ग्रहण गरेको ४८ घन्टाभित्र निगमको गतिरोध तोड्न सफल भएका छन् ।

मन्त्री आलेसँग सिधा वार्तापछि कर्मचारीहरु आन्दोलन फिर्ता लिन सहमत भएका हुन् । कर्मचारीसँगको वार्तामा मन्त्री आलेले उनीहरुको माग सम्वोधन गर्ने प्रतिवद्धता जनाउँदै त्यसका लागि केही समय दिन आग्रह गरेका थिए ।

मन्त्रीको आग्रहअनुसार आन्दोलित कर्मचारीहरु आजैबाट नेपाल वायू सेवा निगममा लगाएको ताला खोल्न सहमत भए ।

कर्मचारीको आन्दोलनका कारण निगम पूर्णरुपमा अस्तव्यस्त बनेको थियो । निगमलाई सरकारले निजीकरण गर्न लागेको भन्दै कर्मचारीले आन्दोलन सुरु गरेका थिए ।

नवनियूक्त पर्यटनमन्त्री आलेले निगमको आन्दोलनलाई प्रमुख प्राथमिकतामा राखेर समाधानतर्फ लगेका हुन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली सरकारमा बम मन्त्री बनेका आले निकै आलोचित भएको थिए । विगतको घटनालाई स्मरण गर्दै आलेले सोचबुझ पूर्ण निर्णय गर्न थालेका छन् ।

कहिले ओली सरकार ७ गेरमा चल्छ भनेर भाषणा गरेर आलोचित भएका थिए भने कहिले रुखले कार्वनडाइअक्साइड दिन्छ भनेर आलोचित भएका थिए ।