राष्ट्रिय वाणिज्य बैंकले माग्यो ८ सय कर्मचारी, १२ कक्षा पास गरेकालाई पनि अवसर (सूचनासहित)

आइतबार, १४ कार्तिक २०७८

काठमाडौँ – राष्ट्रिय वाणिज्य बैंकले ठूलो संख्यामा कर्माचारी मागेको छ । आइतबार सूचना प्रकाशन गर्दै बैंकले ठूलो मात्रामा विभिन्न तहमा कर्मचारी मागेको हो ।

बैंकले आइतवार विभिन्न पदमा गरी करिब ८ सय जना कर्मचारी माग गरेको हो ।

विभिन्न पदनमा आगामी मंसिर ५ गतेसम्म दरखास्त दिन सकिनेछ । यसपछि भने दरखास्त दिँदा ‘डबल दस्तुर’ लाग्ने बैंकले जनाएको छ ।

विभिन्न तह र पदमा लोक सेवा आयोगको सहमति अनुसार खुला प्रतियोगिताद्वारा स्थायी पदपूर्ति गर्नु पर्ने लागिएको सूचनामा उल्लेख छ ।

‘आवश्यक न्यूनतम शैक्षिक योग्यता पुगेका तथा कुनै वात कसुर नलागेका इच्छुक योग्य नेपाली नागरिकहरुबाट मिति २०७४।०७/१५ गते देखि अनलाइन दरखास्त फाराम भर्न आह्वान गरिएको छ ।’ सूचनामा भनिएको छ ।

बैंकले तोकेको अनलाइन दरखास्त फाराममा भर्न पर्ने सम्पूर्ण विवरणहरु भरी सो साथ आफ्नो नेपाली नागरिकता र दरखास्त दिने पदका लागि तोकिएको अन्तिम शैक्षिक योग्यताको ट्रान्सकृप्ट, चारित्रिक प्रमाणपत्र तथा नेपाल बाहेक अन्य मुलुकबाट हासिल गरेको शैक्षिक योग्यता भएमा सो को साथमा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता निर्धारण गरेको प्रमाणपत्र र पासपोर्ट साईजको फोटो अनिवार्य रुपमा स्क्यान गरी अवलोड गर्न भनेको छ ।

सूचनामा नेपाल सरकार वा नेपाल सरकारको स्वामित्वमा रहेको संस्थानमा कार्यरत उम्मेदवारहरुले दरखास्त दिदा विभागीय स्वीकृति समेत अनिवार्य रुपमा स्क्यान गरी अपलोड गर्न भनेको छ ।

रित नपुगेको, तोकिएको आवश्यक न्यूनतम शैक्षिक योग्यता नभएको र तोकिएको परीक्षा दस्तुर नबुझाएका अनलाइन दरखास्त उपर कुनै कारवाही नहुने बैंले जनाएको छ ।

सहायक ४ औँं तहदखि बरिष्ठ प्रबन्धक नवौँ तहसम्मलाई दर्खास्त आह्वान गरेको हो । इच्छुक, योग्यता पुगेका नेपाली नागरिकले अनलाइनबाट आवेदन भर्न सक्नेछन् ।

फारम भर्न यहाँ क्लिक गर्नुहोस्