फुटबल टोलीका मुख्य प्रशिक्षक अल्मुताइरीलाई सरकारले दियो यति ठूलो पुरस्कार
काठमाडौँ – नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अल्मुताइरीलाई सरकारले आक्रषक पुरस्कार दिएको छ । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले अल्मुताइरीलाई खुशीले फुरुङ्ग हु्नेगरी महत्वपूर्ण पुरस्कार दिएका हुन् ।
थप दुई वर्षका लाग सम्झैता नवीकरण गरेर नेपाल फर्किएका नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीलाई मन्त्री गहतराज आफैले धेरै महत्व दिएर स्वागत गर्दै ठूलो ढाडस दिएका छन्।
एन्फामा भएको फोहोरी राजनितीको सिकार भएर पटक पटक राजीनामा दिन्छु भन्ने र अब नेपालनै फर्कन्न भनेर घोषणा गरेका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी फाइन्नली दुई बर्षका लागि सम्झौता नविकरण गरेर नेपाल आएपछि मन्त्री गहतराजले सरकारले फुल्ली सर्पोट गर्ने भन्दै ढुक्कले काम गर्न अनुरोध गरका छन् ।
अल्मुताइरी शनिबार राति नेपाल फर्किएका थिए । माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिप सकेर उनी सिधै कतार फर्किएका थिए । उनी शनिबार पुनः नेपाल फर्किएका हुन् ।
अल्मुताइरीलाई स्वागत गर्ने क्रममा मन्त्री गहतराजले विगतमा देखिएका समस्या नदोहरिने प्रतिवद्धता जनाएका थिए ।
“बाहिर चलेका हल्लाको पछि नगाग्नु होला । केही समस्या परेमा हामी आधिकारिक निकाय युवा तथा खेलकुद मन्त्रालयमा वा मलाई सिधै सम्पर्क गर्न सक्नुहुनेछ,” पाल्पाली ढाका टोली लगाइदिएर स्वागत गरेका मन्त्री गहतराजले भने, “नेपाल सरकार तपाईंको साथमा छ । गोर्खाली स्पिडलाई कायम राखेर काम गर्नुहोला ।”
अल्मुताइरीको यसअघि पटकपटक विवादमा तानिएका थिए । समर्थकलाई सम्बोधन गर्दै एन्फा वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङका कारण आफूले काममा बाधा भएकाले राजीनामा दिने बताएका थिए । अल्मुताइरीले फेसबुकमा उक्त स्ट्याटस लेखेपछि एन्फामा विवाद सिर्जना भएको थियो । एन्फाले विवाद समाधानका लागि मन्त्रालयलाई नै गुहार्नुपरेको थियो ।
माल्दिभ्समै पनि उनले साफ च्याम्पियनसिपको फाइनलमा स्थानमा बनाएपछि अल्मुताइरीले कहिल्यै नेपाल नफर्किने घोषणा गरेका थिए । त्यहीअनुसार उनी नेपाल नफर्किई सिधै कतार गएका थिए ।
तर, पुनः थप दुई वर्षको सम्झैता नविकरण गरेर उनी नेपाल फर्किएका छन् । नेपाल फर्किएपछि उनले त्रिभुवन विमानस्थलमा आफ्नो घर फर्किएको बताएका थिए । उनै अल्मुताइरीले आज युवा तथा खेलकुद मन्त्रालयमा भने, “आज मेरो जीवनको अविस्मरणीय क्षण हो । नेपाली फुटबललाई थप उचाईमा पुर्याउनका लागि म प्रतिबद्ध छु ।”
अल्मुताइरीको प्रशिक्षणमा नेपालले पहिलोपटक साफ च्याम्पियनसिपको फाइनलमा स्थान बनाउन सफल भएको थियो । तर, फाइनलमा भारतसँग पराजित भएपछि नेपालले उपविजतामा चित्त बुझाउनुपरेको थियो ।