पुजा शर्मा र पल शाहको सुटुक्क भयो विवाह, यसरी परेको थियो लभ

सोमबार, १५ कार्तिक २०७८

काठमाडौँ – अभिनेतृ पुजा शर्मा र अभिनेता पल शाहको सुटुक्क विहे भएको छ । अभिनयमा निकै अब्बल उनीहरुले रियल लाइफमा नभइ रिल लाइफमा विहे गरेका हुन् ।

‘चुरा र पोते’ बोलको गीतमा उनीहरुले विवाह गरेको सिन दिएका छन् । उक्त गीतमा यो जोडी निकै सुहाएको छ ।

मनिस ढकाल र रचना रिमालको स्वर रहेको यो गीतमा उनहरुले जीवन्त अभिनय गरेका छन् । अशिम शाहले निर्देशन गरेको यो गीतको भिडियोलाई धेरैले रुचाएका छन् ।

गीतमा कालीप्रसाद बासकोटाको शब्द संगित रहेको छ भने रिकेश गुरुङले एरेन्ज गरेका छन् ।

गीतको सुरुमा केटा पक्ष केटी पक्षमा माग्न गएदेखिको सिनले नै दर्शकलाई आक्रषित गरेको छ । चिया ल्याएर आउँदा लजाएकी पुजालाई पलले सहजिकरण गरिदिएको सिनले दर्शकलाई पनि आनन्दीत बनाएको छ ।

केटी पक्षका गलत पक्षलाई पनि सहर्ष स्वीकार गरेर पलले आफ्नो हिरोइजम देखाएका छन् । यो विषयले पनि गीत आक्रषक बनेको छ ।

विवाह समारोहमा भइरहेका गतिविधिले पनि दर्शकलाई भिडियो अन्तिमसम्म हेर्नका लागि प्रेरित गरिरहेको छ ।

यस्ता मौलिक विषय समेटेकैले युट्युवमा अबलोड भएको छोटो समयमा नै ट्रेण्डिङमा पर्न सफल भएको छ ।

जी२१ डिजिटलबाट बजारमा आएको यो गीतले दर्शकको मन जित्ने अपेक्षा गरिएको छ ।