राष्ट्रपतिले कति दिइने देउसी भैलो टोलीलाई दक्षिणा, को-को गए खेल्न ?

बिहिबार, १८ कार्तिक २०७८

काठमाडौँ – आज तिहारको तेस्रो दिन लक्ष्मीपूजा ।

देशभर धनधान्यकी देवी लक्ष्मीको पूजा गरी धुमधामसँग मनाइँदै छ ।

काठमाडौं उपत्यका बत्तीले धपक्कै बलेको छ । लक्ष्मी पूजामा धेरैका घरहरु झिलिमिली भएका छन् ।

आजकै दिन मिल्ने साथीहरुको टोली बनाई देउसी भैलो खेल्न चलन छ । नजिकका आफन्तहरुको घरमा देउसी भैलो खेल्दै गक्षअनुसार दक्षिणा दिने र भैलो टोलीले आर्शिवाद दिने चलन छ ।

त्यस्तै, आज अपरान्ह राष्ट्रपतिको कार्यालय, शीतल निवासमा महिलाहरुले भैलो खेलेका छन् ।

शीतल निवासमा सांस्कृतिक संस्थानका कलाकार र बाल मन्दिरका बालबालिकाले छुट्टाछुट्टै भैलो खेलेका हुन् ।

भैलो अवधिभर राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रपति भवनको आँगनमा उपस्थित भएको शीतल निवास श्रोतले जनाएको छ ।

राष्ट्रपतिले दुबै टोलीलाई सेलरोटी, फलफूल र दक्षिणा प्रदान गरेकी थिइन् ।

उनले भैलो टोलीलाई परम्परागत रुपमा बलेको दियो नाङ्लोमा राखेर चामल र सेलरोटीसहितको दक्षिणा आफ्नै हातले दिएको सहभागी एक जना कलाकारले जानकारी दिएका छन् ।