माधव नेपालले भाइटिकाकै दिन सुन्नपर्यो दुःखद खबर
काठमाडौँ – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले भाई टिकाकै दिन दुःखद खबर सुन्न परेको छ ।
नेपालको निर्वाचन क्षेत्रका प्रभावशाली व्यक्ति नेकपा एमालेमै फर्किएपछि उनलाई झट्का लागेको छ ।
अनेकौं प्रलोभन दिएपनि काँडाघारीका स्थापित समाजसेवी अच्युतम केसी एमालेमै रहने निर्णय गरेपछि नेपाललाई झट्का लागेको हो ।
काठमाडौं क्षेत्र नम्बर २ का निकै लोकप्रिय समाजसेवी तथा व्यवसायी केसीले एमाले नेता पार्वत गुरुङसहितको भेटघाटमा आफू एमाले छाडेर अन्य पार्टीमा नलाग्ने प्रतिवद्धता जनाए ।
आफ्नो निर्वाचन क्षेत्रका स्थापित व्यक्ति केसीलाई नेकपा एसमा लैजान माधव नेपाल पटक पटक उनको निवासमा गएका थिए ।
दोलखाको बिगू गाउँपालिकाको लादुक निवासी केसीलाई फकाउने माधवको सवै प्रयास असफल भएपछि उनी निरास भएका छन् ।
केसीको यो घोषणासँगै दोलखाको बिगू गाउँपालिका समेत एकढिक्का बनेको छ ।
नेपालले उनकै आड भरोसामा निर्वाचन जित्दै आएका थिए । अब चुनावमा उनलाई थप चुनौति थपिएको छ ।
आगामी बर्ष हुने प्रतिनिधि सभा निर्वाचनमा माधव नेपाल काठमाडौँ २ बाटै निर्वाचन लड्ने छन् ।