चोलेन्द्र श्रीमानले फाले अश्रु ग्यास, न्यायाधीशहरु तितर–वितर
काठमाडौँ – प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबराले नयाँ चाल चालेका छन् । उनले चालेको नयाँ चालले सर्वोच्च अदालतमा खैलाबैला मच्चीएको छ ।
जबराको बहिर्गमनको माग गर्दै आन्दोलन गरिरहेका न्यायाधीशहरुलाई गम्भीर धक्का लाग्ने गरी नयाँ चाल चालेका हुन् ।
चोलेन्द्र श्रीमानले आन्तरिक रुपमा गरिरहेको चतुर्याइले उनको पक्षमा माहोल मोडिएको छ । चोलेन्द्रलाई प्रधानन्यायाधीशको कुर्सीबाट हटाउँन हात धोएर लाग्नेहरुले हार खाएका छन् ।
इजलास नै बहिस्कार गरेर राणाको राजीनामा मागिरहेका न्यायाधीशहरु धमाधम इजलासमा फर्कन थालेका छन् । आन्दोलनकारी न्यायाधीशहरुनै तितरबितर बन्ने अवस्था सृजना भएको ।
अब केहि न्यायाधीश मात्रै इजलास बहिस्कार गर्नेमा पुगेका छन् भने धेरै जना काममा फर्किसकेका छन् ।
प्रधानन्यायाधिश राणाले आफूले मुद्धा नहेर्ने अरुले बन्दी प्रत्यक्षीकरणको मात्रै मुद्धा हेर्ने गरि भएको भद्र सहमतीमा जबराले आज आफूलाई पनि पेसी तोकेका थिए । आन्दोलनकारी न्यायाधीशहरुको छलफलनै बहिस्कार गरेर न्यायाधीश कुमार चुडाल सबैभन्दा पहिला इजलासमा गएका थिए भने पछि अरु पनि फर्किएका छन् ।
न्यायाधीशहरु न्यायाधीश बमकुमार श्रेष्ठ, कुमार चुडालले आफ्नो एकल इजलासमा मुद्दाको सुनुवाइ गरेका छन्। यस्तै, न्यायाधीशहरु प्रकाशकुमार ढुङ्गाना र कुमार रेग्मी तथा तेजबहादुर केसी र नहकुल सुवेदीको इजलासले पनि बन्दी प्रत्यक्षीकरणको मुद्दामा सुनुवाइ गरेर आदेश जारी गरेको छ।
प्रधानन्यायाधीश जबराले यसअघिको सहमति उल्लंघन गरेर इजलास गठन गरी पेसी तोकेको भन्दै सर्वोच्चका न्यायाधीशहरु सोमबार बिहान बेग्लै छलफलमा जुटेका थिए।
न्यायाधीशहरुको छलफलका बीच न्यायाधीश चुडालले एकल इजलासमा बन्दी प्रत्यक्षीकरणको रिट हेरेका थिए।