शंकर पोखरेल आजैका मितिदेखि माधव नेपालको पार्टीमा प्रबेश
काठमाडौँ – शंकर पोखरेल आजैका मितिदेखि माधवकुमा नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीमा प्रबेश गरेका छन् ।
नेकपा (माले)का केन्द्रीय सदस्य समेत रहेका पोखरेलसहित ४ जना नेताहरु नेकपा एस प्रबेश गरेका हुन् ।
(माले)का चार केन्द्रीय सदस्यले राजीनामा दिएर बिहीबार नेकपा एसमा समाहित भएका हुन् ।
चार केन्द्रीय सदस्यले संयुक्त विज्ञप्ती जारी गर्दै माले छाडेको जनाएका छन् । केपी शर्मा फुयाललगायत चार जनाले पार्टीबाट राजीनामा दिएको विज्ञप्तिमा उल्लेख छ ।
पार्टी छाड्नेमा खोटाङबाट केन्द्रीय समितिमा रहेका फुयाल र श्यामराज राई, सिरहाका कालिप्रसाद यादव र तनहुँका शंकर पोखरेल छन् ।
माले पछिल्लो समय वैचारिक र सैद्धान्तिक हिसाबले बिचलित भएकाले छाड्नु परेको पूर्वसांसद समेत रहेका फुयालले बताए ।
‘पछिल्लो समयमा संघीयता खारेज गर्ने, धर्मनिरपेक्षता हटाउने, राजावादीहरुसँग साठगाँठ गर्ने, केपी ओलीको असंवैधानिक कदमलाई घुमाउरो पाराले समर्थन गर्ने लगायतका गतिविधिले पार्टी छाडिएको हो,’ फुयालले भने–‘यस्तो विचार भएको पार्टीमा रहन नसक्ने भएपछि बाहिरिएका हौं ।’
माले छाड्न साथ नेकपा (एस)मा समाहित भएको समेत फुयालले बताए ।
उनले खोटाङ, तनहुँ र स्याङ्जा नेकपा (माले) जिल्ला कमिटीका सबै पदाधिकारी नेकपा (एस(मा समाहित भएको समेत बताए ।