रक्सी खाएर माधव नेपालको नाक काटेका मुख्यमन्त्री राईले गरे पार्टी छोड्ने कुरा
काठमाडौं – मुख्यमन्त्री बनेको महिनादिन नपुग्दै राजेन्द्र राईले पार्टी छाड्ने कुरा गरेका छद्धन् ।
उनले प्रदेश १ का मुख्यमन्त्री राईले प्रदेश नामाकरणको विषयमा आफू बहुपहिचानबाट पछि नहट्ने भन्दै पार्टीले दवाव समेत नमान्ने बताए ।
मुख्यमन्त्री राईले ठूलो नेताले भन्दैमा आफू बहुपहिचानबाट किमार्थ नहट्ने बरु पार्टी पद त्याग्न तयार रहेको बताएपछि माधव नेपाल झस्किएका छन् ।
काठमाडौंमा आयोजित किरात राइ यायोक्खाको तेस्रो अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले ठूलो नेताले भन्दैमा आफू बहुपहिचानबाट किमार्थ नहट्ने बताए ।
‘आज ठूलो नेताले भन्दैमा म बहुपहिचानको पक्षमा किमार्थ हट्ने छैन ।’ उनले भने, ‘चाहे मुख्यमन्त्री पद् जाओस्, चाहे अशोक राईले जस्तो पार्टी नै छोड्न परोस् म बहुपहिचानबाट हट्ने छैन ।’
आफ्नो पार्टीका केही नेताहरु अझै पनि पहिचानको पक्षमा नरहेको भन्दै उनले आफु संगठित रहेको पार्टीले तीन ओटा चुनाव बहुपहिचानको नाम दिन्छौ भनेर जनताबाट भोट पाएर चुनाव जितेको उल्लेख गरे ।
पहिचानको नाम लिएर जनताको भोटले चुनाव जित्ने अनि पहिचानलाई लत्याउने हो भने त्यो भन्दा ठुला धोका र अनैतिक कार्य अरु हुन नसक्ने उनको भनाई छ ।
‘सुम्निमा पारुहाङको कसम खानुपर्छ कि माटोको कसम खानुपर्छ तपाईहरुले देख्ने गरी पहिचानको पक्षमा उभिनेछु ।’ उनले प्रतिवद्धता जनाए ।
मुख्यमन्त्रीमा सपथ खाएपछि राईले होटलमा गएर हंगामा गरेपछि अध्यक्ष नेपालको नाक काटिएको थियो । नेपालले कुनै पनि सार्वजनिक पद धारण गर्ने व्यक्तिलाई रक्सीलाई र महिलाबाट टाढा रहन निर्देशन दिएका थिए ।