बुटवलमा अमिक शेरचनले बालेको कुराले काठमाडौँमा प्रचण्डलाई पोल्यो

सोमबार, २९ कार्तिक २०७८

काठमाडौँ – लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले भ्रष्टाचार सबैभन्दा ठुलो सामाजिक रोग बनेको बताएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयले बुझाएको वार्षिक प्रतिवेदन ग्रहण गर्दै उनले भ्रष्टाचार निर्मुल पार्न जन्मकैद जस्तै कडा कानुन बनाउनुपर्ने बताए ।

प्रदेश प्रमुख शेरचनले नेपालीहरुले विदेशमा दुःख पाएर कमाएको रकमबाट तिरेको करमा भ्रष्टाचार गर्नु जघन्य अपराध भएको बताए । भ्रष्टाचारकै कारण ठुला आयोजनाहरु समयमा सम्पन्‍न हुन नसकेको उनको भनाइ छ ।

आयोगका बुटवल कार्यालय प्रमुख योगेन्द्र प्रसाद पाण्डेले सबैभन्दा बढी उजुरी स्थानीय तहमा भएका अनियमितताका सम्बन्धमा आएको बताए ।

अख्तियारका अनुसार जिल्लागत रुपमा रुपन्देही जिल्लाबाट सबैभन्दा बढी ४४९ वटा उजुरी परेका छन् । यस्तै कपिलवस्तु जिल्लाबाट २३४ वटा, नवलपरासीबाट १४७ वटा उजुरी दर्ता भएका छन् ।

गत आर्थिक वर्षमा लुम्बिनी प्रदेशका १२ वटा जिल्लामा कुल एक हजार २६८ उजुरी दर्ता भएकोमा ९ सय उजुरी फर्छ्यौट भएको जनाइएको छ ।

अख्तियारको बुटवल कार्यालय प्रमुख पाण्डेका अनुसार प्रारम्भिक छानबिन र विस्तृत अनुसन्धानबाट गत आर्थिक वर्षमा कुल एक करोड ४९ लाख ९७ हजार ८७० रुपैयाँ राजश्व पुनः प्राप्ति भएको छ ।

यो विषय प्रचण्डका लागि शैय छैन् । नेपाल जस्तो लोकतान्त्रीक मुलुकमा मृत्यु दण्ड जस्तो सजाय हुन् असम्भव छ ।

नेपालले मानव अधिकारसँग सम्बन्धीत एउटा सम्झौता पत्रमा कुनै पनि नागरिकलाई मृत्यु दण्ड नदिने भने हस्ताक्षर गरेको छ । यो विषय उल्ट्याउन खोज्दा प्रचण्डलाई ठूलो झट्का लाग्छ । विदेशीको तारोमा प्रचण्ड पर्ने भएकाले उनलाई यो विषयले पीडा दिने गर्दछ ।