आज चन्द्रग्रहण, यी ५ राशी भएका मान्छे हुँदैछन् मालामाल

शुक्रबार, ३ मंसिर २०७८

काठमाडौँ – यो वर्षको अन्तिम चन्द्र ग्रहण आज लाग्दैछ । कार्तिक पूर्णिमा अर्थात् नोभेम्बर १९, २०२१ (मङ्सिर ३) मा लाग्ने चन्द्रग्रहण ५ सय ८० वर्षकै सबैभन्दा लामो खण्डग्रास चन्द्र ग्रहण हो ।

यो चन्द्रग्रहण ३ घण्टा २८ मिनेट २४ सेकेण्ड लामो हुनेछ ।

यसअघि सन् १४४० को फेब्रुअरी १८ मा सबैभन्दा लामो चन्द्रग्रहण लागेको थियो । सन् २०२१ को नोभेम्बर १९ पछि अब ८ फेब्रुअरी २६६९ मा मात्र यस्तो लामो चन्द्रग्रहण लाग्नेछ ।

यो चन्द्र ग्रहण एसिया, अमेरिका, उत्तरी युरोप, अष्ट्रेलिया तथा प्रशान्त महासागरीय क्षेत्र लगायतबाट देखिनेछ । ज्योतिष शास्त्रमा चन्द्र ग्रहणलाई निकै महत्वपूर्ण मानिन्छ ।

खगोल विज्ञान अनुसार सूर्य र चन्द्रमाको बीचमा पृथ्वीमा पर्दा चन्द्र ग्रहण लाग्दछ । तर धर्मशास्त्र अनुसार राहु र केतुले चन्द्रमालाई समाउँदा चन्द्र ग्रहण लाग्ने गर्दछ ।

पौराणिक कथा अनुसार देवता तथा राक्षसहरुद्धारा समुद्र मन्थनको क्रममा अमृत निस्कियो । अमृतपानका लागि देवता तथा राक्षसबीचमा युद्ध भयो ।

तब भगवान विष्णुले मोहिनी रुप धारण गरे र देवताहरुलाई मात्रै अमृत पिलाए । अमृत बाँड्ने क्रममा राहु नामको दानवले देवताको रुप धारणा गरे र अमृत पिउन सफल भए ।

राहुले अमृत पान गरेपछि सूर्य र चन्द्रले राहुलाई चिनिहाले र विष्णु भगवानलाई यस बारेमा जानकारी गराए । त्यसपछि भगवान विष्णुले राहुलाई तत्काल शिर छेदन गरी हत्या गरे ।

तर अमृतपानका कारण राहु अमर भयो र सो घटनापछि सूर्य र चन्द्रमालाई आफ्नो शत्रु मान्न लाग्यो । सोही कारण राहुले समय समयमा सूर्य तथा चन्द्रमालाई समाउने वा दुख दिने गर्दछ र त्यहीँ क्रमलाई चन्द्र तथा सूर्य ग्रहण भन्ने गरिन्छ।

विज्ञान अनुसार भने सूर्य र चन्द्रमाको बीचमा पृथ्वी गएको बेला सूर्यको प्रकाश चन्द्रमामा पर्न पाउँदैन र पृथ्वीको छायाँ पर्दछ । त्यहीँ खगोलीय घटनालाई चन्द्रग्रहण भनिन्छ । चन्द्र ग्रहण पूर्णिमाको दिनमा मात्र लाग्दछ ।

यो पटकको चन्द्रग्रहणमा चन्द्रमाको ९७ प्रतिशत भाग ढाकिनेछ । नेपाली समयअनुसार दिउसो करिब साढे १ बजे ग्रहण उच्च बिन्दुमा पुग्नेछ ।

यो ग्रहणमा मेष, तुला, कुम्भ, कन्याँ, मिन राशी भएका मानिसलाई फलिफाप हुने जोतिशको भनाई छ ।