सुवास र ईश्वर भिड्दा बादलको भाग्य चम्कियो

आइतबार, १२ मंसिर २०७८

चितवन – चितवनमा जारी नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनमा माओवादी केन्द्र छोडेर एमालेमै बसेकाहरु मालामाल हुने अवस्था आएको छ ।

पूर्वमाओवादी छोडेर एमालेमै बसेकाहरुलाई महत्वपूर्ण जिम्मेवारी दिएर नेतृत्वमा स्थापित गराउँन एमाले अध्यक्ष सहमत भएका छन् । पदाधिकारीमा सम्मानजनक स्थान सहित कन्द्रीय कमिटिमा पनि उल्लेख्य संख्या दिन ओली तयार भएका छन् ।

एमालेले पादाधिकारी र केन्द्रिय सदस्यको संख्या नबढाएको अवस्थामा पूर्वमाओवादीले खेमाले कम्तीमा २५ जना केन्द्रिय सदस्य पाउँनु पर्ने माग राखेको थियो अहिले परिवर्तित सन्दर्भमा एमाले अध्यक्ष ओली पूर्वमाओवादी खेमालाई दुई पदाधीकारी सहित ४० जना केन्द्रिय सदस्य दिन तयार भएका छन् ।

एमाले १०औं महाधिवेशनअन्तर्गत चितवनमा जारी बन्दसत्रमा नेतृत्वका लागि सहमतिको प्रयास जारी छ ।

बन्दसत्र चलिरहँदा पूर्वमाओवादीबाट आएका नेताले अध्यक्ष केपी ओलीलाई भेटेका थिए । तीन पदाधिकारीमा दाबीसहित ओलीसँगको उनीहरूको वार्ता भर्खरै सकिएको छ ।

वार्तामा २ जना पदाधिकारी र २ नेतालाई स्थायी कमिटीमा राख्न ओली तयार रहेको स्रोतलेबतायो ।

एमाले उपाध्यक्षमा बादल, उपमहासचिवमा टोपबहादुर रायमाझी र सचिवमा लेखराज भट्टको दाबी छ । बादललाई उपाध्यक्ष र टोपबहादुर रायमाझीलाई सचिव बनाउँन ओली राझी भएका छन् ।

उपाध्यक्ष, उपमहासचिव र सचिवमा दाबी गर्ने निर्णयपछि माओवादी नेताहरु पार्टी अध्यक्ष ओलीलाई भेट्न गएका छन् ।

होटल सेभेनस्टार होटेलमा रामबहादुर थापाबाहेक टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थपा र प्रभु साह बसेका थिए ।