आमाको एक शव्दले फेरिएको जिन्दगी
काठमाडौँ – आमाले बोले हरेक शव्द सन्तानका लागि मन्त्र बन्न सक्छन् यदी त्यसलाई आफ्नो जीवनमा लागु गरेको खण्डमा ।
आमाको भनाई कति शक्तीशाली हुन्छ त्यो संगित जगतका विश्वविख्यात एल्विस प्रिस्लेको जीवनीबाट प्रष्ट हुन्छ । प्रिस्ले त्यो नाम हो जसले संगित जगतमा निक्कै ठूलो तहल्का मच्चाएको थियो ।
उनले गित गाएरै अपूर्व नाम र दाम कमाउन सफल भएका थिए । उनलाई आज पनि ‘रक एण्ड रोल’ संगीतको बादशाह भनेर चिनिन्छ ।
एल्विस प्रिस्लेलाई सफलताको त्यो भव्य उचाइसम्म पुर्याउनका लागि उनकी आमाले बोलेको प्रेरक शब्दले महत्वपूर्ण भुमिका खेलेको थियो ।
उनी सानो छँदा, उनको जन्मदिनको अवसरमा उनका आमाले उनलाई गितार उपहारस्वरूप दिन्छिन् र भन्छिन् ‘बाबु तिमी सामान्य मान्छे होइनौ । तिमीमा त्यो खुबी छ जसले तिमीलाई प्रख्यात बनाउन सक्छ ।’
उनकी आमाले बोलेका यी शब्दहरूले उनको हृदयमा यती प्रेरणा भर्यो कि उनले त्यसलाई जीवनभर सम्झिरहे ।
यी शब्दहरूले उनलाई त्यो विश्वास दिलायो जसको आधारमा टेकेर उनी विश्वविख्यात बन्न सके ।
ती शब्दहरूमा जाँदु लुकेको हुन्छ जसले हृदयलाई छुन सक्दछन् । प्रेरणाका दुई शब्दहरूनै जीवन बदल्नका लागि काफी हुन्छ जसको शसक्त उदाहरण हुन् एल्विस प्रिस्ले ।
यसर्थ आफ्ना नजिकका लाई प्रोत्साहित गर्न कहिल्यै नचुकौ ।