कमल थापाले किन गरेनन् मतदान ?

शनिबार, १८ मंसिर २०७८

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेसम्म मतदान गरेका छैनन् ।

मध्यान्ह १२ बजेदेखि मदतान सुरु भएपछि थापाले अहिलेसम्म कतदान गरेका छैनन् । उनी प्रतिनिधिसँग भोट माग्नमा व्यस्त भएकाले भोट हाल्न नपाएका हुन् ।

अब उनले ४ बजेमात्रै मतदान गर्ने भएका छन् ।

राजधानीमा जारी राप्रपाको एकता महाधिवेशनमा वर्तमान अध्यक्ष थापाले ४ बजेमात्रै आफूले मतदान गर्ने बताएका हुन् ।

उनले महाधिवेशन स्थलको अवलोकन समेत गरेका छन् । नेता पशुपतिशमसेर राणाले मतदान गरेका छन् ।

करिब १२ बजेटबाट सुरु भएको मतदान अहिले पनि जारी रहेको छ । राप्रपामा एकल नेतृत्व चयन हुने महाधिवेशन भएकाले पनि यसलाई महत्वपूर्ण रुपमा हेरिएको छ ।

अध्यक्षमा थापा र राजेन्द्र लिङ्लेनले उम्मेदवारी दिएका छन् ।

निर्वाचनमा अध्यक्षसहित १ सय ९९ सदस्यीय नयाँ कार्यसमितिका लागि २ सय ६६ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

राप्रपाको महिला महामन्त्रीमा पनि टक्कर छ । महामन्त्रीमा कुन्ती शाही र रेखा थापाको भिणन्त हेर्नलायक छ ।