एमाले अध्यक्षमा महेश बस्नेत !

शनिबार, १८ मंसिर २०७८

काठमाडौं – नेकपा एमालेको अध्यक्षमा महेश बस्नेत चयन भएका छन् । यो इलामकाृ खबर हो ।

नेकपा एमाले इलाम जिल्ला अध्यक्षको जिम्मेवारी महेश बस्नेतले पाएका छन् ।

शनिवार बसेको जिल्ला कमिटी सचिवालयको बैठकले जिल्ला सचिव बस्नेतलाई अध्यक्षको जिम्मेवारी दिएको हो ।

जिल्ला अध्यक्ष राम राना हालै सम्पन्न दशौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएपछि उनी स्वतः पदमुक्त भएका थिए ।

जिल्ला कमिटीका उपाध्यक्ष भक्त केसी नेकपा एसमा लागेकाले वरिष्ठताका आधारमा बस्नेत अध्यक्ष बनेका हुन् ।

बस्नेत इलाम नगरपालिकाका मेयर समेत हुन् ।

बैठकले संगठन विभाग प्रमुख उमेश गुरुङलाई बनाएको छ भने प्रकाश अधिकारीले प्रचार विभाग प्रमुखको जिम्मा पाएका छन् ।

नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशन चितवनमा सम्पन्न भएको थियो ।

महाधिवेशन सम्पन्न भएपछि एमाले अब जिल्ला र प्रदेश अधिवेशन गर्ने तयारीमा जुटेको छ ।