लुम्बिनी अपडेट : पौडेल समूहका पुनले लिए अग्रता
काठमाडौँ – नेपाली काँग्रेसको लुम्बिनी प्रदेश नेतृत्व चयनका लागि मतगणना जारी छ ।
वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका सभापतिका उम्मेदवार अमरसिंह पुनले अग्रता लिएका छन् ।
१ हजार ६३१ मत खसेकोमा ७३० को गणनामा पुनले ४०२ मतको अग्रता लिएका छन् ।
सभापति शेरबहादुर देउवा पक्षका उम्मेदवार भरत शाहले ३२४ मत पाएका छन् ।
पदाधिकारीमा पनि पुन प्यानलकै उम्मेदवारहरूले अग्रता लिएका छन् ।
पुन नेतृत्वको प्यानलबाट उपसभापतिमा भुवनप्रसाद श्रेष्ठ र अष्टभुजा पाठक, महामन्त्रीमा बिक्रम खनाल र सुरेन्द्रराज आचार्य, सहमहामन्त्रीमा खगराज पाण्डे, विष्णु मुस्कान र निमा गिरी चुनावी मैदानमा छन् ।
शाहको प्यानलको उपसभापतिमा राजु खनाल र सुधाकर पाण्डे, महामन्त्रीमा जन्मजय तिमल्सिना र खिमानसिंह रायमाझी तथा सहमहामन्त्रीमा लक्ष्मीनारायण शाह, सरिता चौधरी र माया पुन प्रतिस्पर्धामा छन् ।
त्यस्तै, प्रदेश १ को सभापतिमा गुरुराज घिमिरेको अग्रता कायमै छ ।
९०० मत गणना हुँदा संस्थापन इतर पक्षका घिमिरेले ४४८ मत पाएका छन् भने संस्थापन पक्षका उद्धव थापाले ४१९ मत पाएका छन् ।