एमालेको गड भत्कियो, सिंगो गाउँ माओवादीमा प्रबेश

मंगलबार, २१ मंसिर २०७८

काठमाडौँ – नेकपा एमालेको गड भत्किएको छ । सिंगो गाउँमा माओवादीमा प्रबेश गरेपछि एमालेको गड भत्किएको हो ।

बेलौरी उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष लक्ष्मी नारायण चौधरीसहित माओवादी केन्द्रमा प्रवेस गरेका छन ।

शनिबार माओवादी केन्द्र बेलौरीको नगर सम्मेलन उद्घाटन कार्यक्तममा बेलौरी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष चौधरी सहितले माओवादी प्रवेस गरेका हुन ।

अखिल क्रान्तिकारी कञ्चनपुरका अध्यक्ष कैलाशचन्द्र गिरीले बेलौरी उद्योग वाणिज्य संघका अध्यक्ष चौधरी सहित संघकै उपाध्यक्ष रामदुलारे राना सहितले माओवादी केन्द्र प्रवेस गरेको बताए ।

बेलौरीमा विभिन्न पाटी परित्याग गर्दै सयौँले माओवादी केन्द्र प्रवेस गरेका छन । उनीहरुलाई माओवादी केन्द्रीय सदस्य तथा पुर्वखानेपानीमन्त्री बिना मगरले पाटी प्रवेस गराएकी छिन ।

त्यस्तै, राष्ट्रिय जनमोर्चाको मातृपार्टी नेकपा मसालले राप्रपालाई पूर्वराजा ज्ञानेन्द्रको दलाली गर्ने पार्टी बताएको छ ।

राजतन्त्र र हिन्दु राष्ट्रको मुद्दा नै कमजोर भएकाले राप्रपा कमजोर बनेको बताउँदै मसालले भनेको छ, ‘राप्रपाको नेतृत्वमा हुने हेरफेरले त्यो अवस्थामा कुनै फरक ल्याउने छैन ।’

राप्रपाको महाधिवेशन पनि भर्खरै सम्पन्न भएको छ । त्यसमा पूर्व राजाद्वारा समर्थित पक्ष नै विजय भएको छ ।

पहिलेको नेतृत्वले राजतन्त्र र हिन्दू राष्ट्रका मुद्दाहरूलाई प्रभावशाली प्रकारले लैजान नसकेको भनेर नै पूर्व राजाद्वारा पहिलेको नेतृत्वलाई पाखा लगाउने काम गरिएको छ’ मसालका महामन्त्री मोहनविक्रम सिंहले प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘मुख्य प्रश्न राप्रपाको नेतृत्वमा को आउँछ र को जान्छ भन्ने होइन, देशको प्रतिगामी धाराको मुख्य नेतृत्व पूर्व राजाद्वारा नै गरिएको छ ।’

सिंहद्वारा जारी विज्ञप्तिमा अगाडि भनिएको छ, ‘अहिलेको राप्रपाको चुनाव, त्यसमा राजाको हस्तक्षेप स्वयं राप्रपाका पूर्वअध्यक्ष कमल थापाले सार्वजनिक गरेको वक्तव्य समेतबाट यो कुरा प्रष्ट भएको छ कि त्यो (राप्रपा) कुनै स्वतन्त्र राजनीतिक संगठन नभएर पूर्व राजाको निर्देशनमा चल्ने एउटा दलाल राजनीतिक ‘पार्टी’ मात्र हो ।’ फायल तस्वीर