खसी होइन बाख्राको मासु खान मध्यराती धादिङ पुगे महरा
मंसिर – नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महरा सुटुक्क धादिङ पुगेका छन् । धादिङको ज्वालामुखी गाउँपालिका स्थित ढोला मण्डली माईको प्रसाद ग्रहण गर्न उनी त्यहाँ पुगेका हुन् ।
हरेक मंगलबार पाठी बलि चढाई पुजा गरिने यस मन्दिरमा चढाईएको पाठीको मासु खाना महरा धादिङ पुगेका हुन् । पाठीका मासु महिलाले खान नहुने, ढोला भन्दा अन्यत्र लगेर पनि खान नहुने अनौठो चलन रहेको प्रसाद ग्रहण गर्न उनी त्यहाँ पुगेका हुन् ।
यस मन्दिरमा उच्च स्तरको नेता सहभागी भएको यो पहिलो पटक हो ।
कसको भाकल पुरा गर्न, कसले मण्डली माईको मन्दिरमा बली दिन लगेको थियो र प्रसाद ग्रहण गर्न उनी गएका हुन् नखुले पनि महरा ढोला मण्डलीमाईको प्रसाद ग्रहणका लागि गएको जिल्ला प्रहरी कार्यालय धादिङले पुष्टि गरेको छ ।
माओवादी केन्द्रका उच्च स्तरका नेताकृष्ण महरा कालुपाण्डे राजमार्ग हुँदै ढोला पुग्दा पनि धादिङका अधिकाँश नेताहरु महरा आएको बारे अनविज्ञ छन् । किन महरा धादिङका नेता तथा कार्यकर्तालाई थाहा नदिई सुटुक्क मण्डली खान पुगे खुलेको छैन ।
ढोला मण्डली थानको आफ्नै किम्वदन्ती छ । ढोला मंडली थानको वरीपरी रहेको जंगलमा रुख काट्न गएका एकजना सिकर्मीले रुख कट्न खोज्दा रुख काटिएन ।
जती प्रयास गर्दा पनि रुख काटिएन बरु बञ्चरो नै बाङ्गो भयो । रुख नकाटिए पछि हैरान भएर उनी घरतिर लागे । अर्को दिन बञ्चरो मर्मत गरेर पुनः रुख काट्न गएका उनले अचम्मको दृश्य देखे । उनले जुन रुख काट्ने भनेर बञ्चरो हिर्काएका थिए, त्यो रुखबाट रगत बग्न थाल्यो ।
रुखबाट रगत बगेको देखेर उनी डराउदै घर फर्किए । राती सपनामा कसैले उनलाई भन्यो, ‘म ढोला मण्डली माई हुँ, तिमीहरुले मेरो अपमान गरेका छौ, यदी मेरो सम्मान गर्ने हो भने हरेक मंगलबार पाठीको वली चढाउ’ । सपनाको कुराले ति सिकर्मीको होस हवासै उढ्यो । अर्को दिन उनी बिहानै मन्दिर भएको ठाउमा पुगे ।
त्यहाँ उनले मन्दिरको छेउमा रहेको पीपलको रुखमा बेरिएर रहेको अवस्थामा एउटा सर्प देखे । सर्प देखे पछि उनी झस्किए । त्यस पछि उनलाई सपनाको कुरा पुरै विस्वास भयो ।
त्यही सर्प नै देबी रहेछ । त्यो घटना पछि हरेक मंगलबार मंन्दिरमा पाठीको बली चढाइने गरेको त्यहाँ काटिएका पाठीको मासु महिलाले खानै नहुने र घरमा समेत लैजान नमिल्ने चलन छ ।