संसद भवन घेराऊ गर्दै विप्लव
काठमाडौँ – विप्लव नेृत्वको नेकापसहित ६ दलीय गठबन्धनले मंसिर २८ गते संसद भवन घेराउ गर्ने निर्णय गरेको छ ।
बुधबार राजधानीमा बसेको गठबन्धनको बैठकले एमसीसीको विरोधमा मंसिर २८ गते संसद भवन घेराउ गर्ने निर्णय भएको नेकपा (क्रान्तिकारी) माओवादीका केन्द्रीय सदस्य हरिकृष्ण गजुरेलले जानकारी दिए ।
उनका अनुसार मंसिर २७ गते नेपालस्थित एमसीएको कार्यालय घेराउ गर्ने निर्णय भएको छ भने २४ गते राजधानीको माइतीघरदेखि बानेश्वरसम्म विरोध प्रदर्शन गर्ने कार्यक्रम रहेको छ ।
थप कार्यक्रम आवश्यकता अनुसार तय गरेर आन्दोलनलाई जारी राखिने निर्णय समेत भएको गजुरेलले लाई बताए ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा संसद अधिवेशन आह्वान गरेकी थिइन् ।
सो अनुसार संघीय संसदको दुबै सदनको बैठक मंसिर २८ गते मंगलबार दिउँसो २ बजे बस्ने तय भएको छ ।
सो बैठकमा एमसीसी अनुमोदनका लागि प्रस्ताव जानसक्ने चर्चाका बीच ६ दलीय मोर्चा तातेको हो ।
छ दलीय मोर्चामा मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी) माओवादी, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालगायतका दल तथा मोर्चा संगठन रहेका छन् ।