चीनमा उपचार गराईरहेका वर्षमान पुनले सुन्न पर्यो अर्को दुःखद खबर

बुधबार, २२ मंसिर २०७८

काठमाडौं – नेकपा (माओवादी केन्द्र)ले पार्टीका ३३ वटा केन्द्रीय विभाग गठन गर्नुका साथै जिम्मेवारी पनि बाँडफाँड गरेको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्कुल विभाग इन्चार्जको जिम्मेवारी पाएका छन्। त्यस्तै, अर्थ तथा योजना विभाग प्रमुखको जिम्मेवारी वर्षमान पुनलाई दिइएको छ।

विदेश मामिला विभाग प्रमुखको जिम्मेवारी नारायणकाजी श्रेष्ठले पाएका छन्। अर्थमन्त्रीसमेत रहेका जर्नादन शर्माले संगठन विभाग प्रमुखको जिम्मेवारी पाएका छन्।

पार्टी प्रवक्ता कृष्णबहादुर महरालाई प्रचार तथा रक्षा विभागको जिम्मेवारी दिइएको छ भने उपभोक्ता हित तथा आपूर्ति विभाग प्रमुखको जिम्मेवारी मातृका यादवले पाएका छन्।

अधिवक्ता खिमलाल देवकोटाको नेतृत्वमा निर्वाचन विभाग गठन भएको छ । जसको सदस्यमा निर्वाचन आयोगका पूर्वप्रमुख आयुक्त अयोधीप्रसाद यादव र आयुक्त सुधीर साह पनि नियुक्त भएका छन्।

अर्थ विभागको जिम्मेवारी पाएका बर्षमान पुग अहिले उपचारका लागि चीनमा छन् । नेपाल र थाइल्याण्डमा उपचार सम्भव नभएपछि उनको थप उपचार चीनमा भइरहेको छ ।

अहिले उनको स्वास्थ्यमा क्रमस सुधार भइरहेको उनको सचिवालयले जनाएको छ । उनको ज्यानको स्वास्थ्यमा सुधार भएपनि उनको राजनीति स्वास्थ्यमा भने केही गढबढी भएको छ ।

चीनमा रहेका उनले त्यही गडबढी भएको दुःखद खबर सुन्न परेको छ । बर्षमान नेपाल बाहिर रहेको मौकाछोपी अध्यक्ष प्रचण्डले उनलाई भनेजस्तै जिम्मेवारी नदिएपछि तनाव भएको छ ।

नेकपा माओवादी केन्द्रमा प्रचण्डपछिका नेताको रुपमा अर्थमन्त्री जनार्दन शर्मा र पूर्वअर्थमन्त्री पुनलाई हेर्ने गरिएको छ । उनीहरुको पद र पार्टी भित्रको पकडका विषयमा बेलामौकामा बहस हुने गरेको छ ।

यो पटक त्यस्तै बहस हुनेगरी माओवादीले जिम्मेवारी बाँडफाँड गरेको छ । अर्थमन्त्री शर्मालाई आफ्नो उत्तरअधिकारी बनाउने गरी प्रचण्डले आजैदेखि सेटिङ मिलाएका छन् ।

जनार्दनलाई पार्टीको संगठन विभाग प्रमुखको जिम्मेवारी दिएपछि बर्षमानलाई छटपटी एको छ । लामो समयदेखि पार्टीको महासचिव हुने आकाँक्षा पालेर बसेका उनलाई पार्टीको महासचिवले गर्ने काम अर्कैलाई दिएपछि छटपटी भएको हो ।

संगठन विभाग पार्टी अध्यक्ष भन्दा पछिको दोश्रो शक्तिशाली विभाग मानिने गर्छ । यसकमा बर्षमानलाई धोका भएको छ । प्रचण्डले जनार्धनलाई उक्त विभाग दिएर बर्षमानलाई बाइपास गरेको अनुमान लगाइएको छ ।

पार्टी आन्तरिक रुपमा पठाएको सर्कुलरमा ३३ वटा केन्द्रीय विभाग गठन गर्दा जनार्धन संगठन विभागको जिम्मेवारी दिइएको छ भने बर्षमान पुनलाई अर्थ तथा योजना विभागमा थन्क्याइएको छ ।