पूर्वमुख्यसचिव लीलामणि पौडेलले पाए यति ठूलो जिम्मेवारी

बुधबार, २२ मंसिर २०७८

काठमाडौं – पूर्वमुख्यसचिव लीलामणि पौडेलले महत्वपूर्ण जिम्मेवारी पाएका छन् । चीनको राजदूतबाट कार्यकाल समाप्त नहुँदै फिर्ता बोलाइएको उनले महत्पूर्ण जिम्मेवारी पाएका हुन् ।

मुख्यसचिवबाट विदा भएपछि नेकपा (माओवादी केन्द्र)मा प्रबेश गरेको पौडेलले माओवादीको राजकीय मामला तथा सुशासन विभागको जिम्मेवारी पाएका हुन् ।

माओवादीले गठन गरेको ३२ केन्द्रीय विभागहरुमध्ये राजकीय मामला एउटा विभाग हो । पौडेल यसअघि माओवादीको युवा संगठन वाईसीएल कार्यकर्ताहरुलाई प्रशिक्षण कार्यक्रममा देखिएका थिए।

यो विभाग प्रमुख भने माओवादी नेतृ रेखा शर्मा छिन् । उपप्रमुख नरेश भण्डारी छन्।

त्यस्तै, पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्कुल विभाग इन्चार्जको जिम्मेवारी पाएका छन् । त्यस्तै, अर्थ तथा योजना विभाग प्रमुखको जिम्मेवारी वर्षमान पुनलाई दिइएको छ।

विदेश मामिला विभाग प्रमुखको जिम्मेवारी नारायणकाजी श्रेष्ठले पाएका छन्।

अर्थमन्त्रीसमेत रहेका जर्नादन शर्माले संगठन विभाग प्रमुखको जिम्मेवारी पाएका छन्।

पार्टी प्रवक्ता कृष्णबहादुर महरालाई प्रचार तथा रक्षा विभागको जिम्मेवारी दिइएको छ भने उपभोक्ता हित तथा आपूर्ति विभाग प्रमुखको जिम्मेवारी मातृका यादवले पाएका छन्।

अधिवक्ता खिमलाल देवकोटाको नेतृत्वमा निर्वाचन विभाग गठन भएको छ । जसको सदस्यमा निर्वाचन आयोगका पूर्वप्रमुख आयुक्त अयोधीप्रसाद यादव र आयुक्त सुधीर साह पनि नियुक्त भएका छन्।