माओवादी केन्द्रमा धमलाले पाए यति ठूलो जिम्मेवारी
काठमाण्डौं – नेकपा माओवादी केन्द्रले पार्टीका ३२ वटा केन्द्रीय विभाग गठन गरेको छ । पार्टीको विभागमा ३५ सदस्यीय विषय विज्ञ रहने गरि जिम्मेवारी समेत तोकेको छ ।
पार्टीले ओखलढुङ्गाका युवा नेता भोज कुमार धमलालाई पार्टीको नीति अनुसन्धान प्रतिष्ठान विभागको सदस्य जस्तो गरिमामय स्थानमा चयन गरेको छ ।
नेता धमला पार्टीका जिम्मेवार तथा विषय विज्ञ समेत हुन् ।
पार्टीले विभाग प्रमुख र उपप्रमुख भने केन्द्रिय नेताहरूलाई नै बनाइएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्कूल विभाग इन्चार्ज बनेका छन् ।
पार्टीले संगठन विभाग प्रमुखको जिम्मेवारी भने अर्थमन्त्रीसमेत रहेका जर्नादन शर्मालाई तोकिएको छ । प्रवक्ता कृष्णबहादुर महरालाई प्रचार तथा रक्षा विभागको जिम्मेवारी दिइएको छ ।