देउवाकै अगाडि महन्थ ठाकुरले दिए चेतावनी

शुक्रबार, २४ मंसिर २०७८

काठमाडौं – नेपाली कांग्रेसको १४ औं महाधिवेशन जारी छ ।

जारी महाधिवेशनलाई सम्बोधन गर्दै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले सभापति शेरबहादुर देउवालाई कडा चेतावनी दिएका छन् ।

ठाकुरले देउवालाई आफूहरुको माग सम्बोधन नभए सडक आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

शुक्रबार नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै लोसपा अध्यक्ष ठाकुरले संविधानप्रति आफूहरुको असन्तुष्टि कायमै रहेको बताए ।

थरुहट–मधेस आन्दोलनका क्रममा थुप्रै नेता कार्यकर्तामाथि मुद्दा लगाएको र केही अझै पनि जेलमा समेत रहेको ठाकुरले बताए ।

लोसपाका अध्यक्ष ठाकुरले भने, ‘हामी हाम्रो समस्याको सम्बोधन चाहन्छौं । होइन भने ज्वालामुखी जस्तै विस्फोट हुन्छ, हामी फेरि सडकमा उत्रन बाध्य हुन्छौं ।’