माधव नेपालका लागि महङ्गो पर्यो काग्रेसको मन्च

शनिबार, २५ मंसिर २०७८

काठमाडौँ – शुक्रबार उद्घाटन भएको नेपाली कांग्रेसको १४औं महाधिवेशनमा शिर्ष नेताहरुको उपस्थिति रहयो । उद्घाटन समारोहमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालको उपस्थिति विशेष रहयो ।

लामो समय देखि एउटै मन्च सेयर नगरेका र सार्वजनिक कार्यक्रमहरुमा एकअर्का विरुद्ध खनिँदै आएका तीनै नेता एउटै मन्चमा देखिनु अनौठो थियो । उक्त मन्च माधव नेपालका लागि भने महङ्गो सावित भएको छ ।

उक्त मन्चमा नेकपा एमालेका अध्यक्ष केपी ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड विच हार्दिकता साटासाट भएको छ । सो देखेका नेपाल मन चिसो पारेर मन्चबाट बाहिरिएका थिए ।

उनको मनमा कतै फेरी ओली र प्रचण्ड मिल्ने हुनकी भन्ने त्रासले काम गरेको हुलियाबाट देखिन्थ्यो । काग्रेसको १४ औँ महाधिवेशन प्रचण्ड र ओलीको हार्दिकता साटासाट गर्ने थलो बनेपनि नेपाल फन्किएर हिडे ।

ओली प्रचण्डले यो मन्चमा खासै घोचपेच गरेनन् बरु मुस्काका साथ आत्मियता साटे । एमाले अध्यक्ष ओली सुरुमा मंचमा प्रवेश गर्दा देउवाले नमस्कार गरेर स्वागत गरे पनि प्रचण्ड र माधव नेपालले मुन्टो बटारेका थिए ।

मन्तव्यसम्म आइपुग्दा भने फरक दृश्य देखियो । ओली भन्दा पहिला भाषण गरेका प्रचण्डले ओलीलाई कुनै छेडछाड गरेनन् । प्रचण्डले बोली सकेपछि केपी ओलीले ताली बजाए ।

भाषण सेकेर फर्कदै गर्दा ओलीले मुस्कान दिएर प्रचण्डलाई स्वागत गरे । हिड्ने बेलामा प्रचण्डले पनि ओलीसँग बात मारेर मात्रै विदा भए ।

ओली र प्रचण्ड विच कुरा भैरहँदा काग्रेस सभापती एवं प्रधानमन्त्री शेरबहादुर देउवा उनीहरुको विचमा थिए ।

थोरै सम्मानले नपुग्ने माधव नेपाल भने केपी ओलीले भाषण नगरिकनै स्टेजबाट कुलेलाम ठोकिसकेका थिए । प्रचण्डले बोली नसक्दै माधव नेपाल टाप कसेका थिए ।

बोल्दा पनि नेपालले प्रतिगामी तत्व भन्दै ओलीलाई छेड हानेका थिए । ओली र प्रचण्डको हार्दिककताले देशभरका एमाले र माओवादी कार्यकर्तालाई खुशि दिएको छ ।