नव विवाहित जोडीलाई खुशीको खबर, बुद्ध एयरले हनिमुन मनाइदिने
काठमाडौँ – नव विवाहित जोडीहरुका लागि खुशीको खबर छ । अब बुद्ध एयरले उसको विमानबाट यात्रा गर्ने नव विवाहित जोडीलाई पोखराको दुईतर्फ टिकट उपहार दिने भएको छ ।
यसका लागि बेहुला–बेहुलीले विवाह गरेको दिन विवाहको पोसाकसहित बुद्ध एयरको विमानमा यात्रा गरेको फोटो खिचेर बुद्ध एयरको सामाजिक सञ्जालमा ट्याग गर्नुपर्नेछ ।
त्यसपछि कम्पनीले उक्त जोडीलाई सम्पर्क गरेर टिकट उपलब्ध गराउने बुद्ध एयरका सूचना अधिकारी दिपेन्द्र कर्णले जानकारी दिए ।
त्यस्तै, श्रीमतीको हत्या गरी फरार रहेका रुपन्देहीको सैनामैनाका सुकुम भन्ने सन्तबहादुर घर्ती आफैँ प्रहरी कार्यालय पुगेका छन् । घर्तीले शुक्रबार बिहान आफ्नी ३६ वर्षीया श्रीमती खुमा घर्तीको खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जानकारी दिएको छ ।
सैनामैना– ८ बाँसगढीमा घर भएकी खुमा शुक्रबार बुटवल ११ स्थित दिदी गोमा थापाको घरमा आएकी थिइन् ।
सामान्य झगडापछि मृतक खुमा आफ्नो दिदीको घर आएको पारिवारिक स्रोतले जनाएको छ । प्रहरीका अनुसार दिदीको घरमा बसेको बेला सन्तबहादुरले खुमाको घाँटीमा धारिलो हतियार प्रहार गरेका थिए ।
बिहान साढे ११ बजेतिर खुकुरी प्रहारबाट गम्भीर घाइते भएकी खुमाको उपचारको क्रममा दिउँसो साढे १२ बजेतिर लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको थियो ।
श्रीमतीलाई धारिलो हतियार प्रहार गरी फरार रहेका सन्तबहादुर दिउँसो ३ बजेतिर आफैँ इलाका प्रहरी कार्यालय बुटवल पुगेका हुन् ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले आफूहरूले खोजी गरेको थाहा पाएपछि सन्तबहादुर आफैँ प्रहरी कार्यालय आएको बताए । File PIcture