जन्म कुण्डलीले काम गर्यो, थप बलियो भए शेखर

आइतबार, २६ मंसिर २०७८

काठमाडौं – नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा सभापतिको उम्मेदवारी दर्ता गराएका एक नेताले उम्मेदवारी फिर्ता लिएपछि शेखर कोइराला थप बलियो भएको छन् ।

कांग्रेस सभापतिमा उम्मेदवारी दिएका गोरखाका युवराज न्यौपानेले उम्मेदवारी फिर्ता लिएपछि कोइराला थप बलियो भएका हुन् ।

न्यौपाने गोरखा निर्वाचन क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएका थिए ।

पार्टी नेतृत्वमा युवाको सहभागिता हुनुपर्छ भन्दै शनिबार सभापतिमा मनोनयन दर्ता गराएका थिए ।

न्यौपानेले सभापतिका अर्का उम्मेदवार डाक्टर शेखर कोइरालालाई समर्थन गरेर उम्मेदवारी फिर्ता लिएको बताएका छन् ।

आफूले उठाएका मुद्दा शेखरको प्यानलसँग मिलेकोले उनलाई समर्थन गरेको उनको भनाइ छ ।

उनको यो निर्णयले कोइरालाको जन्म कुण्डलीले साथ दिने विश्वास गरिएको छ ।

कांग्रेसको १४औँ महाधिवेशनमा ६ जनाले उम्मेदवारी दर्ता गराएका थिए । नयाँ नेतृत्वका लागि दुई वटा पुरा प्यान, दुई बटा आधा प्यानल र दुई जना सिंगल उम्मेदवार बनेका थिए ।

अब सभापति शेरबहादुर देउवा, शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह र कल्याण गुरुङबीच कडा टक्कर हुने छ ।