रातारात पल्टियो पासा, देउवाको जित निश्चित
काठमाडौँ – नेपाली काँग्रेसको १४ औँ महाधिवेशन काठमाडौँमा जारी छ । जारी महाधिवेश अन्तरगत आज निर्वाचन हुँदैछ ।
निर्वाचनमा नेतृत्वका लागि सभापतिमा शेरबहादुर देउवा र शेखर कोइरालाको कडा प्रतिशपर्धा हुँदैछ । संस्थापन इतर समूहका नेताहरु प्रधानमन्त्री देउवाको प्यानलमा परेपछि यस पटकको चुनाव रोचक बन्ने भएको छ ।
वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा. शशांक कोइरालाले पार्टी सभापतिको निर्वाचन शेरबहादुर देउवालाई समर्थन गरेका छन् ।
वरिष्ठ नेता पौडेलसँग आइतबार बिहान प्रधानमन्त्री देउवाले पौडेल निवास बोहोराटार पुगेर भेट गरेका थिए । उक्त भेटमा पौडेलले आफ्नो पूरा समर्थन रहेको बताएका थिए ।
शेखर कोइराला–प्रकाशमान सिंहसहितका नेताहरूले वरिष्ठ नेता पौडेललाई पार्टी सभापतिमा समर्थन नगरेपछि उनी केन्द्रीय सदस्यमा समेत उम्मेदवारी नदिई बसेका छन् ।
नेता पौडेलले आफ्नो समर्थन देउवालाई दिएको बताएका हुन् । ‘बुबाले पार्टी सभापतिमा प्रधानमन्त्री शेरबहादुर देउवालाई समर्थन गर्नु भएको छ’, नेता पौडेलका छोरा चिन्तले भनेका छन् ।
महामन्त्री समेत रहेका वीपी पुत्र डा।शशांकले पनि पार्टी सभापतिमा अनुभवी र परिपक्क व्यक्ति आवश्यक रहेको भन्दै आफ्नो समर्थन देउवामा रहेको जनाएका छन् ।
देउवालाई भेट्न महामन्त्री डा. शशांक कोइराला आइतबार दिउँसो बालुवाटार पुगेको प्रधानमन्त्री देउवाको निजी सचिवालयले जनाएको छ । देउवाको प्यानलको सूचीमा डा. शशांक खुल्लातर्फको केन्द्रीय सदस्यमा छन् ।
उनीसँगै केही केन्द्रीय सदस्यहरूलाई देउवा प्यानलमा समावेश गरिएको छ । वरिष्ठ नेता पौडेल र महामन्त्री डा. कोइरालाको समर्थनसँगै देउवा झण्डै ३ हजार मतले अगाडि देखिएका छन् ।
नेपाली कांग्रेसको महाधिवेशनमन ४७ सय ३० मतदाता छन् । मतदान केहीबेरमा सुरु हुँदैछ ।