बालुवाटारमा रुवाबासी भएपछि चाक्सिवारी पुगे गृहमन्त्री
काठमाडौं – पहिलो चरणमा विजयी असम्भव भएपछि बालुवाटारमा सुवाबासी सुरु भएको छ ।
नेपाली काँग्रेसको सभापति पदका लागि भएको चुनावमा पहिलो चरणबाट नतिजा नआउने संकेत पाएपछि गृहमन्त्री बालकृष्ण खाण शेरबहादुर देउवाको पक्षमा प्रकाशमानलाई फकाउन चाक्सीबारीस्थित सिंह निवासमा पुगेका छन् ।
पहिलो चरणको चुनावमा सिंहले तेस्रो स्थानको मत हासिल गरेका छन् । सिंहले सघाउँदा दोस्रो चरणमा देउवाले जित्ने निश्चित देखेपछि खाण सिंहलाई भेट्न पुगेका हुन् ।
यद्यपि, मतगणना सकिएको छैन । र देउवाले पहिलो चरणमा नै जित्ने सम्भावना भने बाँकी नै छ ।
नेपाली कांग्रेसको सभापति चयनका लागि दोस्रो चरणमा मतदान हुने सम्भावना बढेको छ । हालसम्म ४३७६ मत गणना भइसक्यो र अब ३०३ मत गणना गर्न बाँकी छ ।
मतगणनाम अग्रता लिइरहेका शेरबहादुर देउवाले २०९५ मत पाएका छन् । सभापतिमा निर्वाचित हुन उनलाई अझै २४५ मत चाहिन्छ ।
कांग्रेसको विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको बहुमत चाहिन्छ । आइतबार भएको मतदानमा ४ हजार ६७९ महाधिवेशन प्रतिनिधिले मत दिएका थिए ।
अब कुनै पनि उम्मेदवारलाई विजयी हुन २३४० मत चाहिन्छ ।
कुनै पनि उम्मेदवारले यो मत पाए विजयी हुनेछ । नभए धेरै मत ल्याउने दुई उम्मेदवारबीच पुनः प्रतिस्पर्धा हुनेछ ।