मतगणना अपडेट : पुछारमा परिन् सुजाला, चन्द्र भण्डारीले बढाए अग्रता
काठमाडौं – नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत उपसभापतिको जारी मतगणना जारी छ ।
पछिल्लो मत परिणाम अनुसार चन्द्र भण्डारीलाई पूर्ण बहादुर खड्काले पच्छ्याएका छन् । पहिलोमा धनराज गुरुङले अग्रता बढाउँदै लगेका छन् भने दोश्रोका लागि भण्डारी र खड्काको प्रतिशपर्धा जारी छ ।
सात जना प्रतिस्पर्धीहरु भिडन्तमा रहेकामा दुई जना निर्वाचित हुनेछन् ।
२५ सय मत गन्दा धनराज गुरुङले १४६० मत ल्याएका छन् । डा. चन्द्र भण्डारीले ११७५ मत ल्याएका छन् ।
पूर्णबहादुर खड्काले ८९० मत ल्याएका छन् । विजयकुमार गच्छदारले ८२२ मत ल्याएका छन् ।
महेश आचार्यले ३५० मत ल्याएकी छिन् । दिव्यश्वरी शाहले १७५ मत ल्याएका छन् । सुजाता कोइरालाले १३८ ल्याएकी छिन् ।
गुरुङ र भण्डारी संस्थापन इतरका हुन् । खड्का र गच्छदार संस्थापनका हुन् ।
सुजाता प्रकाशमान सिंह पक्षकी हुन् । दिव्यश्वरी विमलेन्द्र निधी प्यानलकी हुन् ।
महेश आचार्य भने स्वतन्त्र उम्मेदवार हुन् ।