मतगणना अपडेट : सुजताको लज्जास्पद हार
काठमाडौं – नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत उपसभापतिको जारी मतगणना जारी छ ।
सभापतिमा दावि गरेर अन्तिममा उपसभापतिमा उम्मेदवारी दिए गिरीजा प्रसाद कोइराला पुत्री सुजाताको लज्जास्पद हार भएको छ ।
सात जना प्रतिस्पर्धीहरु भिडन्तमा उनी पाँचौ नम्मरमा परेकी छन् । आफ्नै ठूल्दाई शेखरलाई लात हानेर प्रकाशमान सिंहको गुटमा गएकी उनलाई अहिले पछुताएकी छन् ।
सुजाता कोइरालाले ४३८ मत ल्याएकी छिन् । महेश आचार्यले ४१३ मत ल्याएका छन् ।
केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार ३५ सय ५८ मत गन्दा पूर्णबहादुर खड्काले १६३४ मत ल्याएका छन् ।
धनराज गुरुङले १४ सय ३७ मत ल्याएका छन् । गुरुङ विजयकुमार गच्छदारले पछारेका छन् ।
उनले १४४३ मत ल्याएका छन् । डा. चन्द्र भण्डारीले १२५७ मत ल्याएका छन् ।
दिव्यश्वरी शाहले ११७ मत ल्याएकी छिन् । गुरुङ र भण्डारी संस्थापन इतरका हुन् । खड्का र गच्छदार संस्थापनका हुन् ।
सुजाता प्रकाशमान सिंह पक्षकी हुन् । दिव्यश्वरी विमलेन्द्र निधी प्यानलकी हुन् । महेश आचार्य भने स्वतन्त्र उम्मेदवार हुन् ।