मतगणना अन्तिम चरणमा, गुरुङले फेरी अग्रता लिए

बिहिबार, १ पौस २०७८

काठमाडौं – नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा उपसभापति पदको मतगणनामा पूर्णबहादुर खड्का र धनराज गुरुङले अग्रता लिएका छन् ।

गुरुङ ४ मतले गच्छदार भन्दा अगाडि छन् ।

४२५८ मत गन्दा खड्काले १८६५, गुरुङले १६९३ र गच्छदारले १६५३ मत पाएका छन् ।

त्यस्तै चन्द्र भण्डारीले १४३२ मत पाएका छन् ।

….

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत उपसभापतिको जारी मतगणना जारी छ ।

सभापतिमा दावि गरेर अन्तिममा उपसभापतिमा उम्मेदवारी दिए गिरीजा प्रसाद कोइराला पुत्री सुजाताको लज्जास्पद हार भएको छ ।

सात जना प्रतिस्पर्धीहरु भिडन्तमा उनी पाँचौ नम्मरमा परेकी छन् । आफ्नै ठूल्दाई शेखरलाई लात हानेर प्रकाशमान सिंहको गुटमा गएकी उनलाई अहिले पछुताएकी छन् ।

सुजाता कोइरालाले ४३८ मत ल्याएकी छिन् । महेश आचार्यले ४१३ मत ल्याएका छन् ।