जितपछि गगन-विश्वप्रकाशको नारा, ‘आमाबुवा दाजुभाई, धन्यवाद छ सबैलाई’
काठमाडौं – नेपाली कांग्रेसको महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् ।
काठमाडौंमा सम्पन्न १४औं महाधिवेशनमा महामन्त्रीका लागि ६ जनाले उम्मेदवारी दिएका थिए । उनीहरुमध्ये गगन र विश्वप्रकाश निर्वाचित भएका छन् ।
गगन, शेखर कोइराला र विश्वप्रकाश, प्रकाशमान सिंहको प्यानलबाट उम्मेदवार बनेका थिए । ४६८२ मत खसेकोमा थापाले ३०२३ मत ल्याउादा विश्वप्रकाशले १९८४ मत पाएका छन् ।
शेरबहादुर देउवाको प्यानलबाट प्रकाशशरण महत र प्रदीप पौडेलले उम्मेदवारी दिएका थिए ।
देउवा दोस्रो चरणबाट सभापतिमा चुनिादा महत र पौडेल दुबै महामन्त्रीमा पराजित भए । महतले १५५६ र पौडेलले १३९३ मत पाएका छन् ।
शेखर कोइरालाको प्यानलबाट महामन्त्रीमा उम्मेदवार बनेका मिनेन्द्र रिजालले ८०९ मात्र मत पाए ।
प्रारम्भीक मत परिणामसागै आफ्नो हार स्वीकार गरेका उनले रक्षामन्त्रीबाट समेत राजीनामा दिएका छन् ।
विमलेन्द्र निधिको समूहबाट महामन्त्रीमा उम्मेदवारी दिएका राजाराम कार्कीले १०६ मत पाएका छन् ।
गगन र शर्मा विजयी भएपछि विजयी जुलमा नारा मार्फत सबैलाई धन्यवाद दिएका छन् । ‘हामाबुवा दाजुभाई, धन्यवाद छ सबैलाई’ भन्दै गगन थापाका समर्थकले नारा लाइरहेका छन् ।