क्लासिक टेकको ग्राहकहरूलाई दियो यस्तो गज्जबको अफर
काठमाडौँ – देशकै अग्रणी तथा ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले निशुल्क रूपमा आफ्नो ग्राहकहरूलाई ६५० प्रतिशतसम्म ब्यान्डविथ अपग्रेड गरेको छ ।
कम्पनीले आफ्ना ग्राहकहरूलाई निःशुल्क १५० एमबिपिएस देखि ३०० एमबिपिएससम्म अपग्रेड गरिएको दावी गरेको छ ।
प्याकेज अपग्रेड पश्चात पुरानै शुल्कमा आमप्रयोगकर्ताहरूले हाइ स्पिड इन्टरनेटको अनुभव लिन सकिने कम्पनीको भनाई छ ।
हाई स्पिड इन्टटरनेट प्रयोग गर्न आमहरूलाई 5ghz Dual Band राउटर आवश्यक पर्ने हुनाले उक्त डिभाइस क्लासिक टेकबाट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।
नविनतम् प्रविधका साथ ग्राहकहरूलाई छिटो तथा छरितो सेवा प्रदान गर्न क्लासिक टेक सदैव तत्पर रहेको कम्पनीले जनाएको छ।
कम्पनीले नेपालमै पहिलो पल्ट नेक्स्ट जेनेरेशनको प्रविधी वाइफाइ ६ र ट्रिब्याण्ड राउटरको साथमा टाकियन (TACHYON) 1 Gbps इन्टरनेट सेवा भित्राउने घोषणा समेत गरेको रहेको दावी गर्दै आएको छ ।
वाइफाइ ६ का साथमा टाकियन (TACHYON) 1 Gbps इन्टरनेट प्रविधी भित्र्याउन अन्तिम परीक्षण भइरहेको कम्पनीले दावी गरेको छ ।
वाइफाइ ६ अन्तर्गत Smart Connectivity, Beamforming, MU-MIMO लगायतका सुविधाहरू रहने जनाइ सकेको छ । दुर्गम देखि सुगम सम्म ७४ जिल्लाका १०३ स्थानमा क्लासकिटेकले आफ्नो सेवा सञ्चालन गरिरहेको जनाएको छ ।