सहमहामन्त्रीको मतगणना अपडेट : डिना, मानबहादुर र भीष्मराजलाई अग्रता
काठमाडौं– नेपाली कांग्रेसको तीन क्लस्टरको सहमहामन्त्रीको मतगणना अहिले भइहेको छ ।
महिला, दलित र आदिवासी जनजातितर्फको सहमहामन्त्री पदको मत गणना भइरहँदा सभापति शेरबहादुर देउवाको प्यानलका उम्मेदवारहरुले अग्रता लिएका छन् ।
महिलातर्फ १,५०४ मतको गणना भएको छ, जसमा महालक्ष्मी उपाध्याय डिनाले ८०६ मत पाउँदा कमला पन्तले ६८३ मत पाएकी छन् ।
दलिततर्फ १,७८० मत गणना हुँदा मानबहादुर विश्वकर्माले ८३९ मत पाएका छन् । जीवन परियारले ८३१ र गंगा सुनारले ७० मत पाएका छन् ।
आदिवासी जनजातितर्फ भीष्मराज आङ्देम्बेले ५१८ मत पाउँदा विकास लामाले ३५७ मत पाएका छन् ।
दलित क्लस्टरको सहमहामन्त्रीमा शेरबहादुर देउवा प्यानलबाट मानबहादुर विश्वकर्मा र शेखर कोइराला प्यानलबाट जीवन परिवार उम्मेदवार छन् ।
त्यस्तै गंगा सुनारले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
महिला क्लस्टरमा शेरबहादुर देउवा प्यानलबाट महालक्ष्मी उपाध्याय ‘डिना’ र शेखर कोइराला प्यानलबाट कमला पन्त उम्मेदवार छिन् ।
त्यस्तै आदिवासी जनजाति तर्फको सहमहामन्त्रीमा शेरबहादुर देउवा प्यानलबाट भीष्मराज आङ्देम्बे र शेखर कोइराला प्यानलबाट र विकास लामा उम्मेदवार छन् ।