मतगणना अपडेट : केन्द्रीय सदस्यमा अहिलेसम्मकै कडा टक्कर,
काठमाण्डौँ – नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यका लागि भएको मतदानपछि मतगणनामा कडा टक्कर देखिएको छ । मतगणनामा शशांक कोइरालाको अग्रता देखिएको हो ।
खुलातर्फ पनि मतगणना सुरू गरिएको छ। खुलातर्फ जम्मा ३५ जनाको सिट छ। एक महाधिवेशन प्रतिनिधिले खुलातर्फ ३५ केन्द्रीय सदस्यलाई मतदान गर्न पाउँछन्।
१०० मत गणना गर्दा निवर्तमान महामन्त्री शशांक कोइराला अगाडि छन्। उनी ५९ मतसहित अगाडि छन्। कांग्रेस महाधिवेशनमा चार हजार छ सय भन्दा बढी मत खसेको छ।
प्रारम्भिक मतगणनामा अजयबाबु शिवाकोटीले ३२, अर्जुननरसिंह केसीले ४८, उदयशम्शेर राणाले ४१, एनपी साउदले ४६ मत ल्याएका छन्।
कुन्दन काफ्लेले ३७, केदार कार्कीले २५, गणेश लामाले २६, गुरू बरालले ३६, गोपालमान श्रेष्ठले ३८, गोविन्द भट्टराईले ३७ र गोविन्द पोखरेलले ३० मत ल्याएका छन्।
साथै जितजंग बस्नेतले ३९, जीपछिरिङ लामाले ३६, दिनेश कोइरालाले ३२, तीर्थ खनियाले ३०, दिपक गिरीले ४० र दिपक कँडेलले ३० मत ल्याएका छन्।
दिलेन्द्र बडुले ३९, नैनसिंह महरले ४१, पद्मनारायण चौधरीले ३०, बलबहादुर केसीले ३३, बालकृष्ण खाणले ४६ मत ल्याएका छन्।
मदन अमात्यले २५, मोहन बस्नेतले ३६, रमेश लेखकले ४३, रामशरण महतले ४६, रामहरि खतिवडाले ४५, शंकर भण्डारीले ४६, सुनिल थापाले ३७, सुरेन्द्र पाण्डेले ३६ र ज्ञानेन्द्र कार्कीले ४२ मत ल्याएका छन्।
मतगणना १५ ठाउँमा गरिएको छ। मतपरिणाम सम्भवत भोलि बिहानसम्म आइसक्ने निर्वाचन समितिले जनाएको छ।