प्रेरक प्रसंग : आफ्नो कर्तव्य न भुलौं

सोमबार, ५ पौस २०७८

काठमाडौँ – कुनै बेला एक महात्मा नदीमा नुहाउँदै थिए। नुहाउँदै गर्दा पानीमा एउटा बिच्छि बगिरहेको देखे ।

पानीमा बग्दैगरेको बिच्छीलाई बचाउदै गर्दा महात्मालाई बिच्छीले टोक्यो । महात्माले उनलाई बचाउने धेरै प्रयास गरे ।

बिच्छीले उसलाई पटक पटक डस्यो । अन्ततः महात्माले उसलाई बचाए र नदीको किनारमा राखे।

यो सब महात्माका चेलाहरू अलि टाढा उभिएर हेरिरहेका थिए। खोलाबाट बाहिर निस्कने बित्तिकै चेलाहरूले सोधे, ‘तपाईंलाई बिच्छीले बारम्बार डस्दै गर्दा उसलाई किन बचाउनु पर्यो ।’

महात्माले जवाफ दिए, ‘बिच्छी सानो प्राणी हो, त्यसको कर्म टोक्नु हो । उसले आफ्नो कर्तव्य बिर्सेको छैन । म मानव हुँ, दया गर्नु मेरो कर्तव्य हो । सानो बिच्छीले त आफ्नो कर्तव्य विर्सन सकेन भने म कसरी विसौँ ।’