मन्त्रिपरिषद् विस्तार, कांग्रेसबाट तीन मन्त्री थपिए

शुक्रबार, ९ पौस २०७८

काठमाडौं – फेरी पनि मन्त्रीपरिषद विस्तार भएको छ ।

वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले मन्त्रिपरिषद् विस्तार गरेका हुन्।

सरकारमा नेपाली कांग्रेसबाट तीन मन्त्री र तीन राज्यमन्त्री थपिएका छन् ।

यससँगै प्रदेश मन्त्रिपरिषद् १८ सदस्यीय भएको छ ।

दीपेन्द्र श्रेष्ठ संस्कृतिमन्त्री नियुक्त भएका छन् ।

बलराम पौडेल भूमिव्यवस्था र मिलनबाबु श्रेष्ठ उद्योगमन्त्री भएका छन् ।

सन्तबहादुर प्रजा भौतिक पूर्वधार राज्यमन्त्री, रजनी अमात्य जोन्छे उद्योग र कल्पना नेपाली स्वास्थ्य राज्यमन्त्री बनेकी छन् ।

मन्त्री तथा राज्यमन्त्रीहरुको सपथ केहीबेरमा हुनेछ ।

फायल तस्वीर