माधव नेपाल र प्रचण्ड पार्टी एकता हुदै ,
काठमाडौं–नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले माधव नेपालसँग ढिलो चाँडो एकता हुने संकेत गरेका छन ।
उनले भने माधव नेपालसँग हामी ढिलोरचाँडो एक ठाउँमा हुन्छौं। हामी यसअघि पनि आफैं छुट्टिएको होइन।
पार्टीको राष्ट्रिय सम्मेलनको अघिल्लो दिन आज शनिबार सम्पादकहरुसँग अन्तरक्रिया गर्न आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले यस्तो बताएका छन।
दाहालले संसद्को अवरोध हटाउनको लागि आफूहरुले पहल गरिरहेको बताएका छन् । उनले एमालेले लगातार संसद् अवरोध गरेकोमा गुनासो समेत गरेका छन् ।
उनले संसद्को अवरोध हटाउनको लागि आफूहरु एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनकै निवासमा जाने पनि सुनाए ।
त्यसको लागि आफूले प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रस्ताव गरिसकेको पनि सुनाए ।