झुण्डिएको अवस्थामा फेला परेका एसएसपीकी श्रीमतीको स्टाटसले खुल्यो गम्भीर रहस्य

सोमबार, १२ पौस २०७८

काठमाडौं – नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) सुशील कुमार यादव मृत अवस्थामा फेला परेपछि यसको अनुसन्धान विभिन्न तह र तप्काबाट भइरहेको छ । हिजो बिहान उनी सुत्ने कोठामा झुन्डिएको अवस्थामा फेला परेपछि उनको मृत्युलाई रहस्यमय भएको स्रोत बताउछ ।

‘खाजा खाने समयमा हेर्दा ढोका नखोलेको पाइयो। फेरि एक जना इन्स्पेक्टर भेट्न आउनु भएको रहेछ। हेर्न जाँदा ढोका बन्द नै थियो। तर एउटा झ्यालको खापाबाट हेर्दा झुन्डिएको देखियो,’ नेपाल प्रहरीका प्रवक्ता एसएसपी बसन्त कुँवरले जानकारी दिए।

उनी संघीय इकाइ प्रहरी कार्यालय भैरहवामा कार्यरत थिए। उनी कार्यालयको क्वाटरमा मृत फेला परेका हुन्। उनका आफन्तलाई बोलाएर ढोका खोलेर अनुसन्धान गर्ने तयारी भइरहेको प्रहरीले जानकारी दिए।

नेपाल प्रहरीका प्रवक्ता वसन्त कुँवरका अनुसार बिहान निवासमै अन्य स्टाफले खाजा लिएर जाँदासम्म अवस्था सामान्य थियो। ‘तर, बिहान ११ बजे एसएसपी यादवको शव झुण्डिएको अवस्थामा निवासमै भेटियो’, उनले भने, ‘यसबारेमा विस्तृत जानकारी मातहतबाट मागेका छौँ।’

मृत भेटिएका एसएसपी यादवको घर पश्चिम नवलपरासी हो। मृत भेटिएका एसएसपी यादवले उमेरहदका कारण सेवाबाट एक महिनापछि अवकाश पाउँदै थिए। १५ माघ २०७८ मा उमेरहदका कारण घर जाँदै थिए यादव।

नेपाल प्रहरीमा एसएसपीको उमेरहद ५५ वर्ष छ। ५५ बर्षसम्म बढुवा नभएमा अवकाश हुने प्रावधान रहेकाले उनी ५५ बर्ष नाघेकै कारण एसएसपीबाटै अवकाश हुँदै थिए।

उनी प्रहरी नायब महानिरीक्षक (डिआईजी) बढुवाका दाबेदार थिए। हालका प्रहरी महानिरीक्षक (आईजी) शैलेश थापा क्षेत्रीका वैकल्पिक हुन् यादव। प्रहरी अतिरिक्त महानिरीक्षक ९एआईजी० द्वय विश्वराज पोखरेल र सहकुल थापाका ब्याची समेत हुन् यादव।

आफ्ना ब्याचमेटहरु प्रमोशनमा अघि परिसकेको हुँदा आफू एसएसपीमै अवकाश हुने अवस्थाले पनि उनमा निराशा पैदा भएको हुनसक्ने अनुमान गरिएको छ। यता यादवकी श्रीमती रुपम कुमारी यादवले केही घण्टाअघि फेसबुकमा समेत एक स्ट्याटस लेख्दै ‘युग कलियुग भएपनि सत्यकै जित’ हुने दावी गरेकी छन्। उनले लेखेको स्टाटस चर्चामा छ ।

उनले फेसबुकमा लेखेकी छन्, ‘युग कलियुग भएपनि तर सत्यको जित हुन्छ।’ उनले स्ट्यास राखेको केही घण्टा बितिसकेको छ। तर यादवको ज्यान गएको खबर केही समयअघि मात्र सार्वजनिक भएको हो।